आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

क्रिप्टो कारोबार गर्ने दुई जनाविरुद्ध १४ करोडको बिगो दाबी गर्दै मुद्दा दर्ता

images
बिहीबार , माघ ११ २०८०
images
क्रिप्टो कारोबार गर्ने दुई जनाविरुद्ध १४ करोडको बिगो दाबी गर्दै मुद्दा दर्ता

दक्षिणपूर्वी एसियामा सम्पत्ति शुद्धीरकण, जासाँजीको भुक्तानी माध्यमको रुपमा स्टेबल क्रिप्टो क्वाइनको प्रयोग हुने गरेको सयुक्त राष्ट्र संघिय प्रतिवेदनमा उल्लेख गरिएको छ।

images
images

काठमाडौं- राजस्व अनुसन्धान विभागले दुई जना क्रिप्टो कारोबारीविरुद्ध १४ करोड रुपैयाँ बिगो दाबी गर्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ। 

images
images
images

विभिन्न समयमा १४ करोड रुपैयाँ बरारको अभौतिक मुद्राको कारोबार गरेको भन्दै विभागले मुद्दा दायर गरेको हो। यस्तो मुद्दामा बिगोको तीनगुणासम्म जरिबाना हुने व्यवस्थासमेत छ। 

images
images

विभागले पाँच महिना लगाएर गरेको अनुसन्धानबाट बाइएन्स एपबाट युएसडीटी क्वाइनको कारोबार गरेको पाइएको छ। विभागका अनुसन्धान अधिकृत  नवराज अधिकारीका अनुसार झापा स्थानी ठेगना भएका शुभमकुरमा यादव र रोहन चौधरी यसमा सहभागी रहेका थिए। 

images
images

शुभमकुमार यादवले कारोवारको रकम राख्न तथा झिक्ने प्रयोजनका लागि उनकै साथी रोहन चौधरीको खाता प्रयोग गर्ने गरेको अनुसन्धान बाट खुलेको छ। निज प्रतिवादिहरुलाई विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ बमोजिमको सजाय मागदावी गरि अभियोग दायर गरेको अनुसन्धान अधिकारी एवम् सुचना अधिकारी नवराज अधिकारीले जानकारी दिए। 

जालसाजी, सम्पत्ति शुद्धीकरण, गैरकानूनी कारोबारको भुक्तानी सेटलमेन्टका रुपमा क्रिप्टोको प्रयोग बढ्दै गएको र यस्तो काम नेपालभित्रै भएको भन्ने सूचना पाएपछि राजस्व अनुसन्धान विभागले छानबीन अघि बढाएको छ। 

नेपालममै बसेर अवैध कारोबारको भुक्तानी सेटलमेन्ट गर्ने कार्यमा संलग्न भइरहेको सूचना पाएपछि विभागले अहिले अनुसन्धानकव सघनता बढाएको छ। 

विभिन्न ठाउँमा ट्र्याक गरेरै अनुसन्धानको दायरा बढाएको छ। 

पछिल्लो समय नेपाल लागयतका देशमा यूएसडीटी जस्तै स्टेबल क्वाइन क्रिप्टको प्रचलन बढेको छ। अपराधिक तथा अवैध कारोबारको भुक्तानीमा यस्तो क्वाइनको प्रयोग हुने गरेको छ।  

दक्षिणपूर्वी एसियामा सम्पत्ति शुद्धीरकण, जासाँजीको भुक्तानी माध्यमको रुपमा स्टेबल क्रिप्टो क्वाइनको प्रयोग हुने गरेको सयुक्त राष्ट्र संघिय प्रतिवेदनमा उल्लेख गरिएको छ। 

राष्ट्र संघीय लागुऔषध र अपराध कार्यालयको प्रतिवेदन अनुसार तेथर जस्तै स्टेबल क्वाइनको प्रयोग अवैध कामको भुक्तानीमा हुने गरेको छ। 

संस्थागत अपराधन तथा अवैध धन्दाको कारोबार यस्तै क्वाइनबाट हुने गरेको छ। मूल्यमा तलमाथि नहुने भएकाले पनि यस्तो क्वाइनको उपयोग धेरै हुने गरेको छ।  


प्रकाशित : बिहीबार , माघ ११ २०८०१८:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend