शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

५१ करोड लागतमा स्तरोन्नति गरिँदै हेटौँडा जोड्ने छोटो दुरीको सडक

images
बिहीबार , माघ ११ २०८०
images
५१ करोड लागतमा स्तरोन्नति गरिँदै हेटौँडा जोड्ने छोटो दुरीको सडक

गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आगामी ३० महिनाभित्र पहिलो चरणमा १५ किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्नेगरी करिब एक महिना अगाडिदेखि काम भइरहेको बताए।

images
images

धुलिखेल- काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ७ अमलटारबाट सुँगुरे-बुढाखानी-फोक्सिङटार-गोकुले-तालढुंगा हुँदै प्रदेश राजधानी हेटौँडा जोड्ने छोटो दुरीको सडकखण्डअन्तर्गत अमलटार-लेकपानी सडकखण्ड स्तरोन्नति भइरहेको छ।

images
images
images

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै बिपी राजमार्गको चारसयबेँसी अमलटार लेकपानी सडक निर्माण कार्य भइरहेकाले सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ।

images
images

गाउँपालिकाका अध्यक्ष दिनेश लामाले आगामी ३० महिनाभित्र पहिलो चरणमा १५ किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्नेगरी करिब एक महिना अगाडिदेखि काम भइरहेको बताए।

images
images

५१ करोड ४४ लाख ८३ हजार रूपैयाँको लागतमा पूर्वाधार विकास कार्यालयबाट ठेक्का पाएको सिद्धबाबा ग्रिनतार जेभीले पहिलो चरणमा उक्त सडकखण्ड आगामी २०८३ जेठ २५ गतेसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। सम्झौताअनुसार सडक निर्माणसँगै रिटेनिङ वाल, स्ल्याब कल्भर्ट, ह्युमपाइपलगायतका संरचना निर्माण गर्नुपर्ने छ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा, बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका प्रदेश सभासदस्य रत्न ढकालले गत मङ्सिर ३० गते संयुक्त रूपमा सो सडकखण्ड शिलान्यास गरेका थिए।

अमलटार हुँदै खार्पाचोक-लेकपानी-सुगुरेसम्म जाने सडक निर्माणका लागि १०-१२ वर्षअघि स्थानीय बासिन्दाले चन्दा उठाएर सुरु गरेकामा अहिले प्रदेश सरकारको गौरवको आयोजनाभित्र परेको छ। रासस


प्रकाशित : बिहीबार , माघ ११ २०८०१७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend