आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सामुदायिक वनलाई उत्पादनसँग जोड्न निउरो, सिस्नो र बाँको खेती

images
बिहीबार , माघ ११ २०८०
images
सामुदायिक वनलाई उत्पादनसँग जोड्न निउरो, सिस्नो र बाँको खेती

वनका अनावश्यक झाडी पन्छाएर तरकारी तथा औषधिजन्य वनस्पति र तरकारीखेती गर्न लागिएको हो।

images
images

बागलुङ- हिजोआज गाउँ रित्तिँदै गएपछि सामुदायिक वन पनि झाडीले भरिँदै गएका छन्। चरिचरन, घाँस, दाउरा र स्याउलाका लागि प्रयोग हुने वन अचेल सुनसान हुन थालेकाले काठेखोला गाउँपालिका-७ ले प्रयोगविहीन बन्दै गएका सामुदायिक वनलाई उत्पादनसँग जोड्न थालेको छ।

images
images
images

वडा कार्यालयको अग्रसरतामा यहाँका मालुका, पातल, पाङखोला, चित्रे, तितेभारी गरी चार सामुदायिक वनमा निउरो, सिस्सो, नागबेली र बाँको लगाउन थालिएको छ। वनका अनावश्यक झाडी पन्छाएर तरकारी तथा औषधिजन्य वनस्पति र तरकारीखेती गर्न लागिएको हो।

images
images

चालु आर्थिक वर्षमा विनियोजित रु एक लाखबाट सामुदायिक वनमा ती वनस्पति  लगाउन थालिएको काठेखोला गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामिछानेले जानकारी दिए। सुरुमा करिब १२ रोपनी सामुदायिक वनमा खेती गर्ने योजना रहेको र आगामी वर्षदेखि थप क्षेत्रमा पनि यसलाई विस्तार गरिने उनको भनाइ थियो। प्रयोगविहीन भएको जंगललाई उत्पादन र आम्दानीसँग जोड्न बिरुवा संकलन गरिरहेको र निउरो कम भएकाले म्याग्दीबाट मगाएर लगाइने अध्यक्ष लामिछानेले बताए।

images
images

'बिरुवाहरु खासै बाहिरबाट ल्याउनु पर्दैन, यहीँकै जंगलबाट बिरुवा संकलन गरेर लगाउनेछौँ, थप बढाउनका लागि म्याग्दीबाट ल्याउनुपर्छ, सिस्सो, नागबेली र बाँको यहीँ पनि प्रशस्तै पाइन्छ तर निउरोको बिरुवा कम हुने हुँदा म्याग्दीबाट मगाएर लगाउने योजना बनाएका छौँ', उनले भने, 'बसाइँसराइले गर्दा वनजंगलको प्रयोग कम भएको छ, वनको खाली ठाउँमा निउरो, सिस्सो, नागबेली र बाँकोखेती गरेर स्थानीयवासीलाई उत्पादन र आम्दानीसँग जोड्न यो काम गर्दैछौँ, सुरुमा केही मेहनत गर्नुपर्छ, पछि-पछि यसबाट राम्रै प्रतिफल आउने अपेक्षा गरेका छौँ।'

काठेखोला गाउँपालिका-७ का उजेली शर्माले पहिलेको तुलनामा अहिले वनमा रुख बिरुवासँगै झाडी बढेकाले वडा कार्यालयले ल्याएकको योजना गाउँलेका लागि निकै लाभदायी हुने बताए। अहिले निउरो टिप्न जंगल जानुको सट्टा बजारबाट किनेर ल्याउने गरिएको उनको भनाइ थियो। अब गाउँकै जंगलमा जंगली तरकारी उत्पादन गरेर बजार पठाउने शर्माले बताए।

'अचेल गाउँका मानिस अल्छी बन्दै गएकाले करेसाबारीमा तरकारी फलाउन छाडेर आयातित तरकारी किन्ने गरेका छन्', उनले भने,  'गाउँ नजिकै जति पनि वनजङगल छन्, पहिलेको जस्तो छैन, घर नजिक पनि वन फैलिन थालेको छ, उतिबेला गाउँमा धेरै मान्छे बस्थे, पशुचौपाया पाल्थे र वनमा गएर घाँस दाउरा भारीका भारी ल्याउँथे, अहिले त गाईभैँसी पाल्न छाडे, वनमा पनि जान छाडे, त्यही भएर वन बढेको छ, गाउँ वरपर रुखबिरुवा बढेर जंगलजस्तो बन्न थालेकाले अब गाउँ नजिकको वनमा तरकारी जातका बिरुवा लगाएर आर्थिक आयआर्जन गर्नेगरी काम गर्न लागेका छौँ।' रासस


प्रकाशित : बिहीबार , माघ ११ २०८०१७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend