शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

न टेलिफोन न इन्टरनेट, सदियौँदेखि सञ्चारविहीन छ गढीगाउँ

images
बिहीबार , माघ ११ २०८०
images
न टेलिफोन न इन्टरनेट, सदियौँदेखि सञ्चारविहीन छ गढीगाउँ

गढीगाउँका बासिन्दाले पुरानै प्रणालीअनुसार खबर आदान-प्रदान गर्दै आएका छन्। रैबार पठाउने वा मान्छेमार्फत खबर आदानप्रदान गर्ने गरिन्छ।

images
images

जुम्ला- जुम्लाको पातारासी गाउँपालिका-१ मा रहेको गढीगाउँ आजसम्म पनि सञ्चारको सुविधाबाट वञ्चित छ। जिल्लाको पूर्वी भेगमा पर्ने पातारासीको बजार क्षेत्रमा पर्ने डिल्लीचौर लासीआसपास गाउँबाहेक पातारासीका धेरैजसो गाउँ सञ्चारविहीन रहेको स्थानीयवासी दिनेश ऐडीले जानकारी दिए।

images
images
images

सदियौँदेखि सञ्चारविहीन गढीगाउँका बासिन्दाले पुरानै प्रणालीअनुसार खबर आदान-प्रदान गर्दै आएका छन्। खबर आदान-प्रदान गर्न रैबार पठाउने वा मान्छेमार्फत खबर आदान-प्रदान गर्ने गरिन्छ। दुई सय ५० घरधुरी रहेको गढीगाउँमा एक हजार चार सय ५८ जनसङ्ख्या रहेको त्यहाँका बासिन्दाको भनाइ छ।

images
images

वडासचिव नरबहादुर बुढाका अनुसार वडा कार्यालयमा टेलिफोन र इन्टरनेट नहुँदा अनलाइनमार्फत गर्नुपर्ने पञ्जीकरणका काम गाउँपालिकाको कार्यालय डिल्लीचौर पुगेर गर्नुपरेको छ। गाउँमा टेलिफोन सेवा नहुँदा खबर आदानप्रदान गर्न निकै समस्या भएको छ।

images
images

देशको राजनीतिक गतिविधिदेखि अन्य समसामयिक जानकारी पाउन पनि यहाँका बासिन्दा वञ्चित भएको उनको भनाइ थियो। यहाँ कोही बिरामी परे समयमै स्वास्थ्य संस्था लैजाने साधन पाउन पनि मुस्किल हुनाका साथै तुरुन्तै खबर आदान-प्रदान गर्न पनि कठिन हुन्छ।

तल्फीको गाउँमाथि डाँडामा टेलिफोनको टावर निर्माणाधीन अवस्थामा छ। सो टावर बनेपछि गाउँमा टेलिफोनको सुविधा पुग्ने अपेक्षा गरिएको वडाध्यक्ष लालसिंह ऐडीले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , माघ ११ २०८०१६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend