बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

images
बिहीबार , माघ ११ २०८०
images
१० अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
images
images

काठमाडौं- सरकारको आन्तरिक ऋणको आवश्यकता पूरा गर्न राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गरेको छ। माघ ११ गते बोलकबोल हुनेगरी राष्ट्र बैंकले विकास ऋणपत्र जारी गरेको हो। 

images
images
images

५ वर्ष अवधिको विकास ऋणपत्र २०८५ 'ठ' जारी गर्न लागिएको हो। विकास ऋणपत्रमा खरिदका लागि आज २ बजेसम्म बोलकबोलमा सहभागी हुन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो। यो विकास ऋणपत्र माघ १२ गते जारी हुने राष्ट्र बैंकले जनाएको छ। 

images
images

यसअघि राष्ट्र बैंकले १ खर्ब १३ अर्ब ३१ करोड रुपैयाँ विकास ऋणपत्रमार्फत सरकारलाई आन्तरिक ऋण उठाइसकेको छ। 

images
images

प्रणालीमा अधिक तरलता भएकाले मंसिर १९ गतेयता जारी भएको विकास ऋणपत्रको ब्याजदर ६ प्रतिशतभन्दा न्यून रहेको छ।

मंसिर १९ गते जारी भएको ऋणपत्रको ब्याजदर ६ प्रतिशत, पुस ५ गते जारी भएको ऋणपत्रको ब्याजदर ५.५६ प्रतिशत र पुस २२ गते जारी भएको ऋणपत्रको ब्याजदर ५.९६ प्रतिशत कायम भएको छ।

चालु आर्थिक वर्ष विकास ऋणपत्रको औषत ब्याजदर ६.७७ प्रतिशत कायम भएको छ।

चालु आर्थिक वर्ष सरकारले २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। 


प्रकाशित : बिहीबार , माघ ११ २०८०१५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend