आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

रुपनी गापाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

images
बिहीबार , माघ ११ २०८०
images
रुपनी गापाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गाउँ कार्यपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुईगुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।

images
images

काठमाडौं- सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी र लेखा अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ। 

images
images
images

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गापाका प्रप्रअ चौधरी, लेखा अधिकृत श्यामसुन्दर यादव, माध्यमिक तह शिक्षक श्याम प्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज, सप्तरी दोश्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

images
images

गाउँ कार्यपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउपत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुईगुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ।

images
images

आव २०७७/०७८ मा सरकारले स:शर्त अनुदानतर्फ सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क प्याड वितरणका लागि बजेट विनियोजन भएकोमा गाउँपालिकाले लागत अनुमान नै तयार नगरी ९ लाख ११ हजार ९ सय २५ रूपैयाँ पर्नेमा जस्मिन हाईजिन प्रोड्रक्ट प्रालिद्वारा उत्पादित स्यानिटरी प्याड १७ लाख ८५ हजार ९ सय २८ रूपैयाँमा खरिद गरी ८ लाख ७४ हजार ३ रूपैयाँ बराबरको रकम बढी तिरेको अख्तियारको अनुसन्धानमा खुलेको छ।

पाँचै जनाविरुद्ध ८ लाख ७४ हजार रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो। 


प्रकाशित : बिहीबार , माघ ११ २०८०१४:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend