शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बिनासूचना उद्योगमा लोडसेडिङ गरिएको भन्दै नियमित विद्युत आपूर्ति गर्न उद्योगीको माग

images
बिहीबार , माघ ११ २०८०
images
बिनासूचना उद्योगमा लोडसेडिङ गरिएको भन्दै नियमित विद्युत आपूर्ति गर्न उद्योगीको माग

अर्थतन्त्रमा सुस्तता छाएको अवस्थामा विद्युत आपूर्तिमा अवरोध हुँदा उद्योगी व्यवसायीमाथि बज्रपात थपिएको अध्यक्ष राकेश सुरानाले बताए।

images
images

काठमाडौं- पूर्वसूचना बिना उद्योगमा लोडसेडिङ गर्दा उद्योग व्यवसाय सञ्चालनमा कठिनाइ भएको भन्दै उद्योगीले नियमित विद्युत आपूर्ति गर्न माग गरेका छन्।

images
images
images

उद्योग व्यवसाय सञ्चालनका लागि आधारभूत कच्चा पदार्थको रुपमा रहेको विद्युत आपूर्तिमा विगत केही समययता बिहान र बेलुकी गरी ८ घण्टासम्म बिना पूर्वसूचना भइरहेको विद्युत समस्या भएको उद्योग संगठन मोरङले जनाएको छ।

images
images

अर्थतन्त्रमा सुस्तता छाएको अवस्थामा विद्युत आपूर्तिमा अवरोध हुँदा उद्योगी व्यवसायीमाथि बज्रपात थपिएको संगठनका अध्यक्ष राकेश सुरानाले बताए। उनले आर्थिक विकासका मेरुदण्डका रुपमा रहेका उद्योगहरुमाथि एकपछि अर्को समस्याहरु थपिरहँदा समेत समस्या समाधानमा सरोकारवाला निकायबाट खासै चासो व्यक्त नहुँदा औद्योगिक क्षेत्रको सञ्चालन भगवान भरोसाको अवस्थामा पुगेको समेत बताए।

images
images

निरन्तर सञ्चालनमा रहनुपर्ने उद्योगहरुमा यसरी पूर्वसूचना बिनाना विद्युत आपूर्ति बन्द गरिदिँदा उत्पादन प्रक्रिया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेसिनेरी बिग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाइ हुने र अनावश्यक आर्थिक भार बहन गर्नु परिरहेकोप्रति गम्भीर हुन उनले आग्रह गरे।

साथै उद्योग व्यवसायको सहज सञ्चालनका लागि विद्युतको सहज एवं निरन्तर आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरण तथा नेपाल सरकारका सम्बन्धित निकाय समक्ष संगठनले आग्रह समेत गरेको छ। 


प्रकाशित : बिहीबार , माघ ११ २०८०१३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend