सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा चारसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

बिहीबार , माघ ११ २०८०
तोलामा चारसय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

बिहीबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घटेको छ भने चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको छ।

काठमाडौं- लगातार तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार घटेको छ। यो साता आइतबार तोलामा चारसय रूपैयाँले बढेर त्यसयता निरन्तर स्थिर रहेको सुनको मूल्य बिहीबार प्रतितोला चारसय रूपैयाँले घटेको हो।

बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार रूपैयाँ तोकिएको छ भने छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार चारसय ५० रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

चाँदीको मूल्य भने आज पनि बढेको छ। महासंघका अनुसार बुधबार तोलामा १० रूपैयाँले बढेको चाँदीको मूल्य बिहीबार प्रतितोला २० रूपैयाँले बढेको हो। चाँदी आज प्रतितोला एक हजार चारसय रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , माघ ११ २०८०११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend