शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिन सक्नेगरी निर्माण भयो आन्तरिक आगमन टर्मिनल भवन (तस्बिरहरू)

बुधबार, माघ १० २०८०
प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिन सक्नेगरी निर्माण भयो आन्तरिक आगमन टर्मिनल भवन (तस्बिरहरू)

काठमाडौं- नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा आन्तरिक यात्रुका लागि लक्षित गर्दै आन्तरिक टर्मिनल भवन विस्तार गरेको छ। योसँगै आन्तरिक यात्रुका लागि प्रस्थान भवन र आगमन भवन फरक फरक भएको छ।

आज बुधबारबाट सञ्चालनमा ल्याइएको भवन आन्तरिक आगमन टर्मिलन भवन हो। भवन निर्माणमा ६ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। अब प्रतिघण्टा ४ सय यात्रुलाई सेवा दिन सक्ने कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले जानकारी दिए।

नयाँ भवनको लम्बाइ ४० मिटर र चौडाइ २४ मिटर तथा २ वटा ३५ मिटर लामो ब्यागेज कन्भेयोर बेल्ट निर्माण भएको छ।

tia aantarik terminal  (2).jpg

विमानस्थल मास्टर प्लानमा ४० अर्बमा आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन बनाउने विषय समावेश छ। उक्त काम सुरु हुन समय लाग्ने भएपछि तत्कालका लागि बढ्दो आन्तरिक हवाई यात्रुको चाप थेग्न र साँघुरो आन्तरिक टर्मिनल भवनको व्यवस्थापनका लागि यो भवन निर्माण गरिएको हो।

अहिले आन्तरिक यात्रुले प्रयोग गरिरहेको आगमन कक्ष सानो छ। एक/दुईवटा एयरलाइन्सका यात्रु एकैपटक आउँदा पनि खचाखच हुने आगमन कक्ष रहेको थियो। अब यो समस्या समाधान हुने भएको छ। 

 
 
tia aantarik terminal  (3).jpg
tia aantarik terminal  (4).jpg
tia aantarik terminal  (6).jpg
tia aantarik terminal  (5).jpg


प्रकाशित : बुधबार, माघ १० २०८०१९:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend