शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

बुधबार, माघ १० २०८०
राष्ट्रपतिद्वारा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान

मंगलबार बसेको मन्त्रिपरिषद्‌ बैठकले माघ २२ गते संघीय संसद्को बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्। 

मंगलबार बसेको मन्त्रिपरिषद्‌ बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले माघ २२ गते सोमबार दिउँसो ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका हुन्। 

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा बैठक आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।


प्रकाशित : बुधबार, माघ १० २०८०१७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend