आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

मेलम्ची-ज्यामिरे-गुफाडाँडा पर्यटन मार्ग स्तरोन्नति गरिने, लागत दुई करोड ५९ लाख

images
बुधबार, माघ १० २०८०
images
मेलम्ची-ज्यामिरे-गुफाडाँडा पर्यटन मार्ग स्तरोन्नति गरिने, लागत दुई करोड ५९ लाख
फाइल तस्बिर

मेलम्ची नगरपालिकाको दुई करोड ५९ लाख रूपैयाँको लागतमा गेहेन्द्रलक्ष्मी निमार्ण सेवा तथा जुगल हिमशिखर जेभीले सडक कालोपत्र, ढलान लगायतको काम गर्न लागेको हो।

images
images

सिन्धुपाल्चोक- मेलम्ची-ज्यामिरे-गुफाडाँडा-पर्यटन मार्ग स्तरोन्नति गरिने भएको छ। आज मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पर्यटन मार्गअन्तर्गत मेलम्ची-१० को जिरो पोइन्टबाट स्तरोन्नतिको शिलान्यास गरेका हुन्।

images
images
images

मेलम्ची नगरपालिकाको दुई करोड ५९ लाख रूपैयाँको लागतमा गेहेन्द्रलक्ष्मी निमार्ण सेवा तथा जुगल हिमशिखर जेभीले सडक कालोपत्र, ढलान लगायतको काम गर्न लागेको हो। शिलान्यास कार्यक्रममा वडा नं ९ र १० का वडाध्यक्ष किरणदीप खड्का र अमृत खनाल तथा वडा नं १० का पूर्ववडाध्यक्ष भक्तबहादुर खड्का लगायतको सहभागिता थियो। 

images
images

जलवायु सम्मेलन भएको पर्यटकीय क्षेत्र गुफाडाँडा जोड्ने सडकमा संघीय सरकारको ध्यान नपुगेपछि नगरपालिकाको बजेटबाट सडक स्तरोन्नतिको काम गर्न लागेको नगरप्रमुख तामाङले बताए। उनले संघ तथा प्रदेश सरकारले मेलम्चीको विकासमा ध्यान नदिएको भन्दै चुनावमा गरेको प्रतिबद्धता पूरा गर्न संघ तथा प्रदेश सरकारका प्रतिनिधिलाई आग्रह गरे।

images
images

सडक निर्माणका क्रममा गुणस्तर र परिमाणमा ध्यान दिन तामाङले निर्माण व्यवसायीलाई निर्देशनसमेत दिए। वडा नं ९ का अध्यक्ष खड्काले क्रमशः गुफाडाँडासम्म सडक कालोपत्र तथा ढलान गरिने बताए। रासस


प्रकाशित : बुधबार, माघ १० २०८०१५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend