आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

सेवाग्राहीसँग साढे दुई लाख घुस लिने ललितपुरका नापी सर्भेक्षकसहित तीनजना अख्तियारको नियन्त्रणमा

images
बुधबार, माघ १० २०८०
images
सेवाग्राहीसँग साढे दुई लाख घुस लिने ललितपुरका नापी सर्भेक्षकसहित तीनजना अख्तियारको नियन्त्रणमा

सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई अख्तियारले नियन्त्रणमा लिएको हो।

images
images

काठमाडौं- सेवाग्राहीसँग दुई लाख ५० हजार घुस लिने नापी कार्यालय, ललितपुरका नापी सर्भेक्षक रामविर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। 

images
images
images

जग्गा कित्ताकाट गरी जग्गाधनी पूर्जा बनाउने प्रयोजनार्थ सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरीका आधारमा टंगालबाट खटिएको अख्तियारको टोलीले सर्भेक्षक यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई सेवाग्राहीबाट उक्त रकम घुस लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिएको हो।

images
images

तीनै जनालाई ललितपुर नापी कार्यालय परिसरबाट मंगलबार नियन्त्रणमा लिइएको हो।

images
images

यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।


प्रकाशित : बुधबार, माघ १० २०८०११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend