सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्य लगातार स्थिर, चाँदीको बढ्यो

बुधबार, माघ १० २०८०
सुनको मूल्य लगातार स्थिर, चाँदीको बढ्यो

नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिन पनि स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेको छ।

काठमाडौं- सुनको मूल्य लगातार तेस्रो दिन पनि घटेको छ। यो साता आइतबार तोलामा चारसय रूपैयाँले बढेको सुनको मूल्य त्यसयता निरन्तर स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १८ हजार चार सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँ कायम छ। सोमबार र मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज बढेको छ। आइतबार तोलामा पाँच रूपैयाँले बढेर सोमबार स्थिर रही मंगलबार प्रतितोला २० रूपैयाँले घटेको चाँदीको मूल्य बुधबार प्रतितोला १० रूपैयाँले बढेको हो।

महासंघका अनुसार चाँदी आज प्रतितोला एक हजार ३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बुधबार, माघ १० २०८०११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend