काठमाडौं- अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभागको उपमहानिर्देशक सेवन्त पोखरेलको सरुवा रोकिएको छ।
यसअघिको प्रारम्भिक सूचीमा अर्थ मन्त्रालयबाट मधेस प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा भभएका पोखरेलको सरुवा रोकिएको छ।
विभागमा उपमहानिर्देशक रहेका पोखरेललाई अर्थमन्त्री निकट मानिन्छ। मन्त्री निकट मानिएका पोखरेलको सरुवा एकाएक भपछि विभिन्न हल्ला चलेका थिए। तर अन्तत: पोखरेलको सरुवा रोकिएको छ।
त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत प्रमुख अस्पताल नर्सिङ प्रशासक रहेकी दुर्गालक्ष्मी श्रेष्ठको पनि सरुवा रोकिएको छ।
प्रदेशमा एकपटक जानैपर्ने व्यवस्था भपनि कनिष्ठ सहसचिव भएकाले अहिले जानैपर्ने अवस्था पोखरेलका लागि थिएन। भन्सा विभागमा रहेर पनि अर्थ मन्त्रालयमा प्रभावशाली सहसचिवका रुपमा देखिने गरेका पोखरेलको सरुवा भएपछि मन्त्रीले पनि असन्तुष्टि व्यक्त गरेको अधिकारीहरूले बताएका छन्।