आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

ऋण तिर्नकै लागि ऋण खोज्दै नेपाल एयरलाइन्स, १ खर्ब ३५ अर्ब ऋण दिनसक्ने संस्थालाई आह्वान

images
मंगलबार, माघ ९ २०८०
images
ऋण तिर्नकै लागि ऋण खोज्दै नेपाल एयरलाइन्स, १ खर्ब ३५ अर्ब ऋण दिनसक्ने संस्थालाई आह्वान

स्वदेशी तथा विदेशी सरकारी संस्था, गैरसरकारि वित्तीय संस्थाले यो टेन्डरमा प्रस्ताव गर्नसक्ने छन्।

images
images

काठमाडौं- सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम(नेपाल एयरलाइन्स)ले वित्तीय व्यवस्थापनका लागि भन्दै ऋण दिने संस्थाको खोजी गरेको छ। 

images
images
images

नेपाल एयरलाइन्सले सार्वजनिक सूचना जारी गर्दै १ खर्ब ३५ अर्ब नेपाली रूपैयाँ बराबरको ऋण दिने संस्थालाई आह्वान गरेको छ। अहिलेको ऋणको व्यवस्थापन तथा थप जहाज खरिदका लागि वित्तीय स्रोतको आवश्यकता भएको भन्दै एयरलाइन्सले ऋण दिने संस्थाको खोजी गरेको छ। 

images
images

स्वदेशी तथा विदेशी सरकारी संस्था, गैरसरकारी वित्तीय संस्थाले यो टेन्डरमा प्रस्ताव गर्नसक्ने छन्। 

images
images

नेपाल एयरलाइन्सले कुल १ खर्ब ३५ अर्ब ऋण आवश्यक भएको जानकारी दिएको छ। यसरी प्राप्त हुने ऋण ५५ अर्ब अहिलेको ऋण व्यवस्थापनमा प्रयोग हुने र त्यसपछि ७५ अर्ब नयाँ जहाज खरिदका लागि प्रयोग गर्ने प्रस्ताव गरेको छ। त्यस्तै ५ अर्ब ह्यांगर बनाउनका लागि उपयोग गर्ने उल्लेख गरेको छ।

२५ अर्बका लागि परिवर्तन नहुने ब्याजदरमा यस्तो ऋण दिनुपर्ने शर्त राखिएको छ। यद्यपि ब्याजदर तथा विदेशी मुद्राको सटहीदर सरकारले स्वीकृत गरेअनुसार हुने उल्लेख गरिएको छ। 

ऋणको सुरक्षणका रुपमा नेपाल एयरलाइन्सले आफ्नो जाज तथा परियोजना र भौतिक सम्पत्ति राख्न सकिने वा ऋणदाताले माग गरे अनुसारको हुने उल्लेख गरिएको छ। नेपाल एयरलाइन्ससँग हाल दुईवटा एयरबस ३२० र दुईवटा ३२० जहाज छन्। १० गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सले २ वटा जहाजबाट आन्तरिक उडान गर्दै आएको छ।

एयरबसका चारवटा जहाज खरिद गर्दा नागरिक लगानी कोष र सञ्चय कोषबाट लिएको ऋण भुक्तानीमा समस्या भइरहेको छ। नेपाल एयरलाइन्सलाई सरकारी स्वामित्वका यी संस्थाले ऋण दिननसक्ने बताइरहेको समयमा विदेशी संस्थाबाट ऋण लिन खोजेको हो। 

Screenshot 2024-01-23 at 16.16.24.png


प्रकाशित : मंगलबार, माघ ९ २०८०१६:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend