मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

दुई वर्षभित्र विश्वको दोस्रो ठूलो विद्युतीय कार उत्पादक बन्छौँ : फोर्ड

images
शनिबार, मंसिर १८ २०७८
images
images
दुई वर्षभित्र विश्वको दोस्रो ठूलो विद्युतीय कार उत्पादक बन्छौँ : फोर्ड

विद्युतीय सवारी उत्पादनमा आक्रामक लगानी विस्तारको योजना अघि सारेको फोर्डले अबको दुई वर्ष भित्र वार्षिक ६ लाख विद्युतीय कार उत्पादन गर्ने दाबी गरेको छ।

images
images

काठमाडौं- अमेरिकी कार उत्पादक कम्पनी फोर्ट मोटर विद्युतीय कार उत्पादनमा आाक्रामक रुपमा अगाडि आएको छ। विद्युतीय सवारी उत्पादनमा केन्द्रित हुने भन्दै फोर्डले केही महिनाअघि भारतमा रहेका दुई सवारी उत्पादन प्लान्ट बनद गर्ने निर्णय गरेको थियो। 

images
images
images

विद्युतीय सवारी उत्पादनमा आक्रामक लगानी विस्तारको योजना अघि सारेको फोर्डले अबको दुई वर्ष भित्र वार्षिक ६ लाख विद्युतीय कार उत्पादन गर्ने दाबी गरेको छ। योसँगै फोर्ड दुई वर्षभित्र विश्वको दोस्रो ठूलो विद्युतीय कार उत्पादक हुने कम्पनीका सीओओ लिसा ड्रेकको भनाइ छ। 

images
images

फोर्डको चर्चित पिकअप एफ-१५० को विद्युतीय भर्सन ल्याउने तयारीमा कम्पनी छ। फोर्डले सो गाडीको २ लाखभन्दा बढी बुकिङ लिइसकेको छ। टेस्ला तथा फक्सवागन समूह समेत विद्युतीय सवारी विस्तारमा आक्रामक छन्। 

images
images
images

फोर्डले इलेक्ट्रिक कार तथा ब्याट्री उत्पादनका लागि ११ अर्ब ४० करोड अमेरिकी डलर लगानी गर्ने यसअघि नै बताइसकेको छ। 

दुई प्लान्टबाट कम्पनीले ठूलो संख्यामा ब्याट्री र इलेक्ट्रिक पिकअप र कार उत्पादन गर्ने जनाएको छ। फोर्डले दुई प्लान्टमा गरिने उक्त लगानीबाट ११ हजार नयाँ रोजगारी सृजना हुने उल्लेख गरेको थियो। 

फोर्डको विद्युतीय सवारीमा ठूलो लगानी घोषणाले तरंग ल्याएको छ। फोर्डले विद्युतीय कार उत्पादनमा जाने गरि लिएको निर्णयलाई अमेरिकीहरुले स्वीकार गर्ने विश्वास व्यक्त गरेको छ। 

फोर्डले टेनिसीमा रहेका प्लान्टमा ६ हजारले नयाँ रोजगारी पाउने छन्, जहाँ ५ अर्ब ६० करोड डलर लगानी हुने छ। सो प्लान्टबाट फोर्डको चर्चित एफ सिरिजको पिकअप ट्रक विद्युतीय भर्सनमा उत्पादन हुनेछ। 

अर्को ५ हजार नयाँ रोजगारी केन्टकीमा रहेको प्लान्टबाट सृजना हुनेछ,जहाँ ५ अर्ब ८० करोड डलर लगानी हुनेछ। यो प्लान्टमा ब्याट्रीका साथै ‘नेक्स्ट जेनेरेसन इलेक्किट्रक फोर्ड’ र ‘लिंकन भेइकल’ उत्पादन हुने फोर्डले जनाएको छ। उक्त प्लान्टबाट फोर्डको इलेक्ट्रिक सवारी २०२५ देखि उत्पादन सुरु हुनेछ। 

हालसम्म अमेरिकामा ठूलो ब्याट्री उत्पादक कम्पनी नखुलेको फोर्डले उल्लेख गरेको छ। फोर्डले अमेरिकाको विभिन्न पार्टमा इलेक्ट्रिक सवारी सम्बन्धि पूर्वाधार विकासका लागि प्राविधिकहरु उत्पादन गर्न ५२ करोड ५० लाख डलर लगानी गर्ने बताएको छ। उक्त रकम मध्ये ९ करोड डलर टेक्ससमा मात्र लगानी हुनेछ। 


प्रकाशित : शनिबार, मंसिर १८ २०७८०९:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend