आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

न्युरोडमा सडकमा पार्किङ निषेध हुँदा व्यापारीको विरोध, व्यापारमा मन्दी भएकाले पार्किङ गर्न दिनुपर्ने माग

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ९ २०८०
images
न्युरोडमा सडकमा पार्किङ निषेध हुँदा व्यापारीको विरोध, व्यापारमा मन्दी भएकाले पार्किङ गर्न दिनुपर्ने माग

काठमाडौं महानगरपालिकाले आज बिहानदेखि न्युरोड आसपास सडकमा पार्किङ गरिएका सवारीसाधन हटाएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले काठमाडौंको न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका व्यापारी व्यवसायीले विरोध गरेका छन्।

images
images
images

न्युरोड क्षेत्रमा यसअघि सवारीसाधन पार्किङ गरिँदै आए पनि आज मंगलबारदेखि काठमाडौं महानगरपालिकाले हटाउन थालेपछि व्यवसायीले सबै सटर बन्द गरेर विरोध जनाएका हुन्। 

images
images

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीले महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेकाले न्युरोड क्षेत्रका व्यवसायी समस्यामा परेको बताए। 'व्यापार व्यवसाय मन्दी भएको अवस्थामा पार्किङ निषेध गरेर झन् समस्या थप्ने काम हुँदैछ', उनले भने।

images
images

काठमाडौं महानगरपालिकाले आज बिहानदेखि न्युरोड आसपास सडकमा पार्किङ गरिएका सवारीसाधन हटाएको छ।

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले न्युरोड क्षेत्रमा हुने भीडभाडलाई सहज बनाउनका लागि पार्किङ हटाउने निर्णय गरेको जानकारी दिए।

'न्युरोड जानुपर्ने सवारी धनीलाई काठमाडौं टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएका छौँ', उनले भने। पुरानो बसपार्क क्षेत्रमा तीन सयवटा चारपाङ्ग्रे र सात सय दुईपाङ्ग्रे सवारी साधन अट्ने महानगरले जनाएको छ।

पार्किङ निषेध गरिएको ठाउँमा महानगरपालिकाले आज बिहानदेखि विशेष सरसफाइसमेत गरेको छ। 

 
 


प्रकाशित : मंगलबार, माघ ९ २०८०१५:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend