आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

हुण्डी, अनलाइन जुवा र क्रिप्टोको जालो : १७ जनाविरुद्ध दायर गरियो मुद्दा

images
मंगलबार, माघ ९ २०८०
images
हुण्डी, अनलाइन जुवा र क्रिप्टोको जालो : १७ जनाविरुद्ध दायर गरियो मुद्दा

जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीहरूबाट २ खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७ सय ५४ रुपैयाँ बिगो माग गरेको छ।

images
images

काठमाडौं- हुण्डी, अनलाइन जुवा र क्रिप्टोको अवैध कारोबारमा संलग्न १७ जनाविरुद्ध आज जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। 

images
images
images

राष्ट्र बैंक ऐन, २०५८ विरुद्धका कामका साथै संगठित अपराध गरेको कसूरमा १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा  मुद्दा दर्ता भएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पेश गरेको रायसहितको प्रतिवेदनको आधारमा अदालतमा मुद्दा दायर गरिएको हो।

images
images

जसमा जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीहरूबाट २ खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७ सय ५४ रुपैयाँ बिगो माग गरेको छ।

images
images

यसरी अवैध कारोबार गर्नेहरूमा रुपेश श्रेष्ठ, आशिष अग्रवाल, मिन बहादुर जीसी, कुमार परियार, झनिन्द्र प्रसाद खतिवडा, दिपेश श्रेष्ठ, अंशुल श्रेष्ठ, रचना शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, विमल पोद्दार, विगल सिंह शर्मा, ओम कुमार श्रेष्ठ, दीपक शर्मा, वङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ र रुदे तामाङ रहेका छन्। 

तीमध्ये रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठ भने फरार छन्। उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ। 

प्रहरीका अनुसार यीमध्ये कतिपय भने सुन तस्करीसँग पनि जोडिएका छन्। सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो। जसपछि अन्य कारोबारीहरूसमेत पक्राउ पर्दै गएका थिए। छानबीनका क्रममा मुलुकको सबैभन्दा ठूलो हुण्डी र क्रिप्टोकरेन्सी कारोबारीको समूह फेला परेको सीआईबीले दाबी गरेको थियो। 


प्रकाशित : मंगलबार, माघ ९ २०८०१४:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend