शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

चौकीडाँडा र कविलासमा प्याराग्लाइडिङ पुन: सुरू

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ ९ २०८०
चौकीडाँडा र कविलासमा प्याराग्लाइडिङ पुन: सुरू

नारायणगढ-मुग्लिन सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ।

चितवन- बर्षातका कारण रोकिएको भरतपुर महानगरपालिका-२९ मा सञ्चालित प्याराग्लाइडिङ पुस अन्तिम सातादेखि फेरि सुरु भएको छ।

हिमालयन फन्टियर्स प्याराग्लाइडिङका सञ्चालक शेलेन्द्र राउतले वर्षातका कारण बाटो बिँग्रिदा सञ्चालन हुन नसकेको प्याराग्लाइडिङ पुनः सञ्चालनमा ल्याइएको बताए। 

भरतपुर महानगरपालिका-२९, चौकीडाँडा र कविलास रिसोर्ट छेउबाट साहसिक खेलका रूपमा चिनिने प्याराग्लाइडिङको उडान सुरू गरिएको हो।

सुरुमा चौकीडाँडाबाट मात्रै उडान गरिएकोमा यसपटक दुई ठाउँबाट उडान गरिएको उनले जानकारी दिए।
 
चितवन आउने पर्यटकको बसाइ लम्व्याउन यसले सहयोग पुग्ने सञ्चालक राउतले बताए। सामुन्द्रिक सतहबाट एक हजार ५० मिटर अग्लो स्थानबाट उडान गरिँदै आएको छ। 
 
चितवनको चौकीडाँडा र कविलासबाट उडान हुने प्याराग्लाइडिङ तनहुँ देवघाट गाउँपालिका-५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण गर्ने गरी व्यवस्था मिलाइएको छ।

यस क्षेत्रबाट उडान गर्दा २० देखि ३० मिनेटको समय लाग्ने उनले बताए। प्याराग्लाडिङ उडानका लागि चौकीडाँडाबाट आठ हजार र कविलासबाट चार हजार शुल्क तोकिएको छ।

नारायणगढ-मुग्लिन सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकीडाँडा पुग्न सकिन्छ। कविलास रिसोर्ट नजिकको स्थान नारायणगढ-मुग्लिन सडकबाट तीन किलोमिटरको दूरीमा छ। रासस


प्रकाशित : मंगलबार, माघ ९ २०८०१२:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend