सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सुनको मूल्य आज पनि स्थिर, चाँदीको घट्यो

मंगलबार, माघ ९ २०८०
सुनको मूल्य आज पनि स्थिर, चाँदीको घट्यो

मंगलबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य स्थिर छ। यो साता आइतबार प्रतितोला चारसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार र मंगलबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य एक लाख १८ हजार चारसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँ कायम छ। सुन आइतबार र सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने आज घटेको छ। आइतबार पाँच रूपैयाँले घटेर सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला २० रूपैयाँले घटेको हो। चाँदी आज प्रतितोला एक हजार ३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : मंगलबार, माघ ९ २०८०११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend