शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

सुनको मूल्य आज पनि स्थिर, चाँदीको घट्यो

images
मंगलबार, माघ ९ २०८०
images
सुनको मूल्य आज पनि स्थिर, चाँदीको घट्यो

मंगलबार सुनको मूल्य स्थिर छ भने चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेको छ।

images
images

काठमाडौं- नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य स्थिर छ। यो साता आइतबार प्रतितोला चारसय रूपैयाँले बढेको सुनको मूल्य सोमबार र मंगलबार भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

images
images
images

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य एक लाख १८ हजार चारसय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार ८ सय ५० रूपैयाँ कायम छ। सुन आइतबार र सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो।

images
images

चाँदीको मूल्य भने आज घटेको छ। आइतबार पाँच रूपैयाँले घटेर सोमबार स्थिर रहेको चाँदीको मूल्य मंगलबार प्रतितोला २० रूपैयाँले घटेको हो। चाँदी आज प्रतितोला एक हजार ३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

images
images


प्रकाशित : मंगलबार, माघ ९ २०८०११:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend