सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

images
आइतबार, माघ ७ २०८०
images
इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

उनीविरूद्ध एक वर्षअघि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

images
images

काठमाडौं- सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।

images
images
images

विशेष अदालतले सिभिल सहकारीका सञ्चालक तामाङलाई दोषी ठहर गरेको हो।

images
images

उनीविरूद्ध एक वर्षअघि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९ सय ४२ रुपैयाँ बिगो दाबी गरेको थियो।

images
images

विशेष अदालतले तीन वर्षभन्दा बढी सजाय हुन सक्ने भन्दै कसुर निर्धारणका लागि माघ २१ गतेका लागि अर्को इजलास तोकेको छ। 

न्यायाधीशहरू टेकनारायण कुँवर, हेमनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलाशले तामाङलाई दोषी ठहर गरेको हो।

विभागले इच्छाराजसँगै उनकी पत्नी सिर्जना, दुई छोरी प्रतीक्षा र प्रतिष्ठा तथा मामाससुरा केशवराज श्रेष्ठसहित मीनाकुमारी श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको थियो। उनीहरूमध्ये दुई छोरी प्रतीक्षा र प्रतिष्ठाले सफाइ पाएका छन्। 

 


प्रकाशित : आइतबार, माघ ७ २०८०१७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend