सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

आईएमई पे एपमा एक रूपैयाँको खेल : उपहारमा अल्टिमा लाइफस्टाइलका प्रडक्ट

आइतबार, माघ ७ २०८०
आईएमई पे एपमा एक रूपैयाँको खेल : उपहारमा अल्टिमा लाइफस्टाइलका प्रडक्ट

यस्तै अल्टिमाले नेपाली बजारमा ल्याएको नयाँ प्रडक्ट 'अल्टिमा बुम १६१ क्यु' मा पनि आईएमई पेमार्फत खरिद गर्दा छुट पाइने छ।

काठमाडौं- नेपालको पहिलो डिजिटल वालेट आईएमई पेले नयाँ अफर सार्वजनिक गरेको छ। यही माघदेखि आईएमई पेले आफ्नो एपमा 'अहिले नखेले कहिले' नामक १ रूपैयाँको खेल सार्वजनिक गरेको हो।

यसअघि पनि आफ्नो एपभित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आईएमई पेले यस संस्करणमा अल्टिमा लाइफस्टाइलसँग आबद्ध भइ १ रूपैयाँको खेल सुरु गरेको हो।

साथै खेलको उपहारस्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखिएको छ। आईएमई पे एपका प्रयोगकर्ताहरूले १ रूपैयाँमा आफूलाई मनपर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन्।

यस्तै अल्टिमाले नेपाली बजारमा ल्याएको नयाँ प्रडक्ट 'अल्टिमा बुम १६१ क्यु' मा पनि आईएमई पेमार्फत खरिद गर्दा छुट पाइने कम्पनीले जनाएको छ। साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ देखि माघ ८ सम्म 'अल्टिमा बुम १६१ क्यु' खरिद गर्दा आईएमई पेबाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (१५० रूपैयाँसम्म) पनि प्राप्त गर्न सक्नेछन्।


प्रकाशित : आइतबार, माघ ७ २०८०१६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend