शुक्रबार, जेठ ४ गते २०८१    
images
images

वाणिज्य बैंकहरूको खराब कर्जा ४७ प्रतिशतले बढ्यो; कुमारी, हिमालयन र प्रभुको ५ प्रतिशतनजिक

images
आइतबार, माघ ७ २०८०
images
images
वाणिज्य बैंकहरूको खराब कर्जा ४७ प्रतिशतले बढ्यो; कुमारी, हिमालयन र प्रभुको ५ प्रतिशतनजिक

अर्थतन्त्रमा देखिएको संकुचनका कारण उद्योगी व्यवसायीले उक्त सुविधाको उपयोग गर्न नसकेको बैंकहरूको दोस्रो क्वाटरको वित्तीय विवरणले देखाएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरूको खराब कर्जा ४६.८४ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकहरूको औषत खराब कर्जा २.२२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा १.०४ प्रतिशत बिन्दुले बढेर ३.२६ प्रतिशत कायम भएको छ। 

images
images
images

गत आर्थिक वर्ष विदेशी मुद्राको सञ्चितिमा परेको दबाब कम गर्न राष्ट्र बैंकले ल्याएको कसिलो मौद्रिक नीतिका कारण बैंकहरूको खराब कर्जा बढेको हो। राष्ट्र बैंकले ल्याएको कसिलो मौद्रिक नीतिका कारण न्यून कर्जा प्रवाहले गर्दा उद्योग व्यवसाय संकुचित हुँदा बैंकहरूको खराब कर्जा बढेको हो। 

images

उद्योगी व्यवसायीले समयमा नै कर्जा तिर्न नसक्दा बैंकहरूको निष्कृय कर्जा बढेको हो। राष्ट्र बैंकले खराब कर्जा कम गर्न भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको सुविधा दिएको छ।

images
images

चालु आर्थिक वर्षको मौद्रिक समीक्षामार्फत मदिरा तथा सुर्तिजन्य उद्योग व्यवसायबाहेक अन्य उद्योगहरूलाई राष्ट्र बैंकले यस्तो सुविधा दिएको थियो। 

images
images

गत असार मसान्तसम्म असल वर्गमा रहेका सबै ऋणीहरूले १० प्रतिशत कर्जाको साँवा ब्याज भुक्तानी गरेमा यस्तो कर्जा पुनर्तालिकीकरण गर्नसक्ने सुविधा राष्ट्र बैंकले दिएको थियो। 

अर्थतन्त्रमा देखिएको संकुचनका कारण उद्योगी व्यवसायीले उक्त सुविधाको उपयोग गर्न नसकेको बैंकहरूको दोस्रो क्वाटरको वित्तीय विवरणले देखाएको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा सबैभन्दा धेरै खराब कर्जा कुमारी बैंकको ४.९७ प्रतिशत पुगेको छ। यस्तै हिमालन बैंकको खराब कर्जा ४.९५  र प्रभु बैंकको खराब कर्जा ४.९० प्रतिशत पुगेको छ। 

कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स बैंक, प्रभु बैंकले सेन्चुरी बैंक र हिमालयन बैंकले सिभिल बैंकलाई गाभेको थियो। एनसीसी बैंक, सिभिल बैंक र सेन्चुरी बैंकको कर्जामा समस्या रहकाले पनि यी बैंकहरूको खराब कर्जा बढेको बताइन्छ। 

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको ४.७५ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४.४७, प्राइम कमर्सियल र सिटिजन्स बैंकको खराब कर्जा ४.०७ प्रतिशत पुगेको छ। 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नबिल बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैंकबाहेकका अन्य १७ बैंकको खराब कर्जा बढेको छ।

यस त्रैमासमा सबैभन्दा न्यून खराब कर्जा एभरेष्ट बैंकको रहेको छ। एभरेष्ट बैंकको गत आर्थिक वर्षको पहिलो त्रैमासमा ०.५५ प्रतिशत रहेको खराब कर्जा बढेर ०.७७ प्रतिशत पुगेको छ। 

यस अवधिमा एभरेष्टपछि सबैभन्दा न्यून खराब कर्जा नबिल बैंकको १.२ प्रतिशत र स्टाण्डर्ड चार्टर्ड बैंकको १.६ प्रतिशत रहेको छ।


प्रकाशित : आइतबार, माघ ७ २०८००३:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend