बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

६ महिनामा ७ खर्ब ६८ अर्बको आयात, ७४ अर्ब ९६ करोडको निर्यात

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ ७ २०८०
images
६ महिनामा ७ खर्ब ६८ अर्बको आयात, ७४ अर्ब ९६ करोडको निर्यात

कुल वैदेशिक व्यापार पनि गत आवको साउनदेखि भदौसम्मको तुलनामा चालु आवको सोही अविधिमा ३.४७ प्रतिशतले कमी आएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०८०/०८१ को ६ महिनामा आयात तथा निर्यातमा गत आवको सोही अवधिको तुलनमा कमी आएको छ।

images
images
images

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा आयात ३ प्रतिशतले घटेको छ।

images
images

विभागका अनुसार चालु आवको ६ महिनामा नेपालले भारत तथा तेस्रो देशबाट कुल ७ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको सामान निर्यात गरेको छ। गत आवको सोही अविधिमा नेपालले आयातमा ७ खर्ब ९२ करोड रुपैयाँ खर्चेको थियो।

images
images

विभागकै अनुसार निर्यात पनि घटेको छ। चालु आवको ६ महिनामा निर्यात गत आवको भन्दा ७.२३ प्रतिशतले कम हो।

चालु आवको ६ महिनामा नेपालबाट ७४ अर्ब ९६ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको छ तर  गत आवको सोही अवधिमा नेपालले ८० अर्ब ८० करोड रुपैयाँको सामान निर्यात गरेको थियो।

विभागका अनुसार कुल वैदेशिक व्यापार पनि गत आवको साउनदेखि भदौसम्मको तुलनामा चालु आवको सोही अविधिमा ३.४७ प्रतिशतले कमी आएको छ।

चालु आवको ६ महिनमा नेपालको कुल वैदेशिक व्यापार ८ खर्ब ४३ अर्ब पुगेको छ। गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ८ खर्ब ७३ अर्ब रुपैयाँ थियो।


प्रकाशित : आइतबार, माघ ७ २०८०१३:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend