बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

पुस मसान्तसम्म नबिल, एनआईसी एसिया र ग्लोबल आईएमई बैंकमध्ये कुन अब्बल? यस्तो छ सूचक

images
आइतबार, माघ ७ २०८०
images
पुस मसान्तसम्म नबिल, एनआईसी एसिया र ग्लोबल आईएमई बैंकमध्ये कुन अब्बल? यस्तो छ सूचक
images
images

काठमाडौं- चालु आर्थिक वर्षको पुस मसान्तसम्म नबिल, एनआईसी एसिया र ग्लोबल आईएमई बैंक तीनवटैको नाफा घटेको छ।

images
images
images

नबिल बैंकले ६ महिनामा ३ अर्ब २० करोना नाफा गर्दा एनआईसी एसियाले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ मात्रै नाफा गरेको छ। त्यस्तै ग्लोबल आईएमई बैंकले २ अर्ब ४ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ।

images
images

नबिलको ६.२८ प्रतिशतमात्रै नाफा घट्दा एनआईसी एसियाको गतवर्ष भन्दा ४१.८४ प्रतिशत कम हो। यता ग्लोबल आईएमई बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनमा २६.५७ प्रतिशत कम हो।

images
images

विगतमा सधैँ नाफा र आम्दानीसहित सूचकमा प्रतिस्पर्धा हुने गरेतापनि यो वर्ष भने एनआईसी एसिया कमजोर देखिएको छ। 

तीन बैंक कुनको सूचक कस्तो?

नबिल बैंक

नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.२८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा सामान्य घटेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२४ प्रतिशत र खुद फी तथा कमिसन आम्दानी १५.७२ प्रतिशत बढेको छ।

त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ५.७५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६.१८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट घटेर १.२० प्रतिशत भएको छ। बैंकको इम्पेरमेन्ट चार्ज भने १ अर्ब ८८ करोडको बढेर १ अर्ब ९७ करोड पुगेको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ रहको छ भने प्रतिसेयर वितरणयोग्य नाफा ७ रुपैयाँ ६२ पैसा रहेको छ। २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २८ अर्ब २५ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ४ खर्ब २८ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब ८७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ५९ पैसा घटेर २३ रुपैयाँ ६८ पैसामा झरेको छ। त्यसैगरी पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २०.८३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०४ रुपैयाँ ४४ पैसा रहेको छ।

ग्लोबल आईएमई बैंक 

ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको दोस्रो त्रैमासको तुलनामा २६.५७ प्रतिशत कम हो। गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ७८ करोड ११ लाख ६५ हजार रुपैयाँ रहेको थियो।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन आम्दानी घटेको छ। यो अवधिमा बैंको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ।

यस्तै सञ्चालन नाफा २५.०८ प्रतिशत घटेर २ अर्ब ८४ करोड ३० लाख १६ हजार रुपैयाँ रहेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक रहको छ।

३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ रहेको छ । बैंकले ६ महिनामा ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा रहेको छ। यो अवधिमा बैंकको खराब कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ।

एनआईसी एसिया बैंक

एनआईसी एसिया बैंक लिमिटेडको चालु आर्थिक वर्षको पुस मसान्तसम्म खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा बैंकले १ अर्ब ९० करोड ३८ लाख रुपैयाँ खुद नाफा गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशत घटेको छ भने खुद फी तथा कमिसन आम्दानी १६.३५ प्रतिशत बढेको छ।

त्यसैगरी बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.९६ प्रतिशत र सञ्चालन मुनाफा २४.१३ प्रतिशत घटेको छ। यो अवधिमा बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर १.१९ प्रतिशत पुगेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४७ करोड रुपैयाँ ऋणात्मक रहेको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४८ करोड सकारात्मक भएको छ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ। नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३१ रुपैयाँ ९ पैसा घटेर २५ रुपैयाँ ५२ पैसामा झरेको छ।

चुक्ता पुँजीको तुलनामा नाफा बढाउन नसक्दा बैंकको यस्तो आम्दानी उल्लेख्य घट्न पुगेको हो। त्यसैगरी पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९.९७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ।

गत आर्थिक वर्षको मुनाफाबाट २९ प्रतिशत बोनस सेयर वितरण गरी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको यस बैंकको जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। पुसको अन्त्यसम्ममा बैंकले ३ खर्ब ८१ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।


प्रकाशित : आइतबार, माघ ७ २०८००८:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend