सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

आगामी दिनमा आर्थिक गतिविधि पहिलेको तुलनामा बढ्छ, निर्धक्क लगानी गर्दा हुन्छ : अर्थमन्त्री महत

images
शनिबार, माघ ६ २०८०
images
आगामी दिनमा आर्थिक गतिविधि पहिलेको तुलनामा बढ्छ, निर्धक्क लगानी गर्दा हुन्छ : अर्थमन्त्री महत

अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्रमा देखिएको अन्यौल समाप्त हुँदै गएको बताउँदै लगानीका लागि विश्वासको वातावरण बनेको बताए।

images
images

नुवाकोट- अर्थमन्त्री डा प्रकाशशरण महतले लगानीकर्ताले विविध क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिएका छन्।

images
images
images

सम्पादक समाज नेपालद्धारा आज आयोजित गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार सम्मान समारोहमा उनले सम्भावना बोकेका नयाँ क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका हुन्। अर्थतन्त्रमा देखिएको अन्यौल समाप्त हुँदै गएको बताउँदै मन्त्री महतले लगानीका लागि विश्वासको वातावरण बनेको बताए।

images
images

'आगामी दिनमा अर्थतन्त्रमा सुधार हुँदैछ। आर्थिक गतिविधि पहिलेको तुलनामा बढ्छ, लगानीकर्ताले पनि निर्धक्क लगानी गर्दा हुन्छ, ब्याजदर पनि घटेको छ', अर्थ मन्त्री महतले भने, 'तर सुझबुझ ढंगबाट लगानी गर्नुपर्यो। कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउने सम्भावना हुन्छ त्यसमा ध्यान दिनुपर्छ। एउटाले राम्रो गरे सबैले त्यही गर्ने हुँदा मागभन्दा पूर्ति धेरै भई सबै अप्ठ्यारोमा पर्न थाल्छ। त्यसकारण नयाँ क्षेत्र खोज्नुहोस्।'

images
images

उनले आगामी वर्षको बैशाखमा आयोजना हुने लगानी सम्मेलनमा विदेशीको चासो व्यक्त भएको बताए। यस्तै असारमा विश्व बैंकको सम्मेलन आयोजना गर्ने तयारी भएको पनि अर्थमन्त्री महतले जानकारी दिए।

सम्मान समारोहमा पुरस्कृत हुने पत्रकारलाई शुभकामना दिँदै मन्त्री महतले पत्रकारिता क्षेत्रको समस्याप्रति आफ्नो ध्यानाकर्षण भएको बताए। 'पत्रकारिता क्षेत्र समस्यामा छ। तर यसको कारण देशको आर्थिक स्थिति मात्र होइन। मुख्य कारण सामाजिक सञ्जाल हो। मूलधारका आमसञ्चार माध्यम जोखिममा पर्दै गएका छन्', उनले भने, 'त्यसमा पनि सामाजिक सञ्जालमा आउने मिथ्यापूर्ण सूचनाले झुठोलाई सत्य जस्तो स्थापित हुने र सत्य गुम्राहमा पर्ने खतरा बढेको छ। मानिस गम्भीर विषयको गहिराईमा जान छाडे, यो अत्यन्त खतरनाक प्रवृत्ति हो।'

पत्रकारिता क्षेत्रको सबै प्रकारका समस्या समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता समेत मन्त्री महतले व्यक्त गरे। रासस


प्रकाशित : शनिबार, माघ ६ २०८०१६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend