सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

भोजपुरको महभिर खोलामाथि दुई करोड लागतमा बन्यो पक्की पुल

images
शनिबार, माघ ६ २०८०
images
भोजपुरको महभिर खोलामाथि दुई करोड लागतमा बन्यो पक्की पुल

काफ्ले-महभिर-खुरिला सडक खण्डमा पर्ने यो स्थानमा २०७५ सालबाट पुल निर्माण सुरु गरिएको थियो।

images
images

भोजपुर- भोजपुर नगरपालिका-१० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ। महभिर र खुरिला गाउँलाई जोड्ने महभिर खोलामा दुई करोड सात लाख रूपैयाँ लागतमा पक्की पुल निर्माण गरिएको हो।

images
images
images

बीस मिटर लम्बाइ रहेको पुलको सुनसरी-४ का प्रतिनिधिसभा सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्घाटन गरे। त्यस अवसरमा उहाँले यस क्षेत्रको विकासमा आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

images
images

'जनताको घरदैलोमा पुग्ने क्रममा यो खोलाले धेरै पटक मलाई पनि रोकेको थियो', उनले भने, 'स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर यहाँ पक्की पुल निर्माण सम्पन्न गरेका छौँ। अबका बाँकी दिनमा यो पुलले यहाँको विकासको लागि भूमिका खेल्ने छु।'

images
images

खोलामा काठे पुलबाट ओहोरदोहोर गर्दा स्थानीयवासीले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए। धेरै मेहनतपछि यहाँ पुल लगाउन सफल भएको स्थानीयवासी नेपाली कांग्रेसका जिल्ला सचिव तथा कांग्रेसको केन्द्रीय विभागअन्तर्गत नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका विषय विज्ञ चक्रबहादुर कार्कीले बताए।

'महभिर खोलामा पुल नहुँदा धेरै समस्या थियो', उनले भने, 'धेरै समयको मेहनतपछि यहाँ पक्की पुल निर्माण गर्न सफल भएका छौँ। अब हामीलाई आवतजावतमा सहजता छपिएको छ। म आफैले पनि धेरै ठाउँमा पहल गरेपछि निर्माण गर्न सफल भएका छौँ।'

काफ्ले-महभिर-खुरिला सडक खण्डमा पर्ने यो स्थानमा २०७५ सालबाट पुल निर्माण सुरु गरिएको थियो। यहाँ नेपाल सरकार सरकारको आर्थिक सहयोग र स्वीस सरकारको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको हो। रासस


प्रकाशित : शनिबार, माघ ६ २०८०११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend