सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

स्रोत नखुलेको २ करोड ३० लाख रुपैयाँसहित चारजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ५ २०८०
images
स्रोत नखुलेको २ करोड ३० लाख रुपैयाँसहित चारजना पक्राउ

'राजस्व अनुसन्धान विभागको टोलीले करिब २ करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ'

images
images

काठमाडौं- राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको २ करोड ३० लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।

images
images
images

पक्राउपर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।

images
images

'राजस्व अनुसन्धान विभागको टोलीले करिब २ करोड ३० लाखजति रकमसहित चार जनालाई पक्राउ गरेको छ' उनले भने।

images
images

व्यापारी नरेश अग्रवालको घरमा राजस्व अनुसन्धान विभागले छापा मारेपछि उक्त रकम फेला परेको बताइएको छ। बरामद गरिएको रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान गरिएको छ।

पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि हिरासतमा राख्न आजै अदालतबाट म्याद लिने विभागको तयारी रहेको विभागका महानिर्देशक ढुंगानाले बताए। 


प्रकाशित : शुक्रबार, माघ ५ २०८०१३:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend