सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

जाजरकोट भूकम्प : लाभग्राही ७९ हजार नाघे, २ अर्ब २६ करोड निकासा तर अस्थायी आवासका लागि ४ अर्ब ७५ लाख चाहिने

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, माघ ५ २०८०
images
जाजरकोट भूकम्प : लाभग्राही ७९ हजार नाघे, २ अर्ब २६ करोड निकासा तर अस्थायी आवासका लागि ४ अर्ब ७५ लाख चाहिने

सरकारले लाभग्राहीका लागि अहिलेसम्म २ अर्ब २६ करोड रुपैयाँ निकासा गरिसकेको छ। उनीहरुको अस्थायी आवासका लागि ४ अर्ब ७५ लाख चाहिने अनुमान यसअघि नै गरिएको थियो।

images
images

काठमाडौं- जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको सङ्ख्या पुन थपिएसँगै ७९ हजार ५ सय ९९ पुगेको छ। पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन्। 

images
images
images

पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्यांक पठाएपछि लाभग्राहीको सङ्ख्या ७९ हजार ५ सय ९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

images
images

यसअघि ६७ हजार लाभग्राही रहेकामा यही माघ ४ गतेसम्म पहिचान भएकाको सङ्ख्या थप भएको प्राधिकरणको निजी आवास तथा पुनःनिर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिए। प्राधिकरणले यसअघि लाभग्राही ८० हजार एक सय ५० पुग्ने अनुमान गरेकामा अहिले सोही हाराहारीमा कायम भएको उनले बताए।

images
images

अधिकारीका अनुसार सरकारले लाभग्राहीका लागि अहिलेसम्म २ अर्ब २६ करोड रुपैयाँ निकासा गरिसकेको छ। उनीहरुको अस्थायी आवासका लागि ४ अर्ब ७५ लाख चाहिने अनुमान यसअघि नै गरिएको थियो। सो आधारमा अझै रकम आवश्यक देखिएको छ। 

केन्द्रबाट निकासा गरी पठाइएको रकममध्ये आजसम्म जिल्ला विपद् व्यवस्थापन समितिबाट स्थानीय तहको विपद् व्यवस्थापन समितिमा १ अर्ब ९० करोड गएको र स्थानीय तहबाट लाभग्राहीको खातामा १ अर्ब २६ करोड पुगिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए।

उनका अनुसार हालसम्म ५० हजार लाभग्राहीको खातामा रकम पुगिसकेको छ। त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भएको पोखरेलले बताए। उनका अनुसार अहिले १० हजार घर निर्माण जारी रहेको छ। 

बाँकी परिवारमा अनुदान सम्झौताको चरणमा रहेको छ। जाजरकोट केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते जनधनको क्षति हुनेगरी भूकम्प गएको थियो। रासस


प्रकाशित : शुक्रबार, माघ ५ २०८०१३:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend