सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एक लाख पुगे नेपालमा टीभीएस एनटर्क प्रयोगकर्ता

बिहीबार , माघ ४ २०८०
एक लाख पुगे नेपालमा टीभीएस एनटर्क प्रयोगकर्ता

बलियो र स्टाइलिस लुक तथा स्मार्ट विशेषताले गर्दा टीभीएस एनटर्कले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको हो।

काठमाडौं- नेपालको लागि टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले ल्याएको स्कुटर टीभीएस एनटर्कले १ लाख माइलस्टोन पूरा गर्न सफल भएको छ। 

२०१८ मा नेपालमा सार्वजनिक भए लगत्तै ग्राहकहरूमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टीभीएस एनटर्क १ लाख बिक्री भइसकेको छ। बलियो र स्टाइलिस लुक तथा स्मार्ट विशेषताले गर्दा टीभीएस एनटर्कले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको हो। 

यस बारेमा जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले छोटो समयमा टीभीएस एनटर्क नेपाली ग्राहकहरूको यति धेरै माया र विश्वास पउन सफल भएको बताए। ‘सार्वजनिक गरेको यति छोटो अवधिमै १ लाख एनटर्क नेपाली रोडमा गुडिसकेका छन्,’ अग्रवालले भनेका छन्, ‘यो माया र विश्वासको लागि हामी नेपाली ग्राहकहरुप्रति कृतज्ञ छौँ।’

टीभीएस एनटर्क बेस्ट-इन-क्लास पावर, पिक-अप र पर्फर्मेन्सको लागि लोकप्रिय छ। यसको टीभीएस एनटर्क ड्रम आकर्षक मूल्यको कारण बढी रुचाइएको छ भने हालै सार्वजनिक भएको टीभीएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्विनेसन प्रदान गर्दछ।

tvs 1 lakh ntorq.jpeg

टीभीएस एक्सपिमा आरटि-एफ्आइ प्रविधि, भोइस कमान्ड, राइड मोड लगायत ६० भन्दा धेरै स्मार्ट कनेक्ट विशेषता उपलब्ध छन्। नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त स्कुटरहरु उपलब्ध गराउने टीभीएस पहिलो कम्पनी हो।

स्मार्ट टेक्नोलोजी, दमदार पर्फर्मेन्स र स्पोर्टी डिजाइनले गर्दा टीभीएस एनटर्क ग्राहकहरुको पहिलो रोजाइमा पर्न सफल भएको हो। सार्वजनिक भएको छोटो समयमा नै १ लाख टीभीएस एनटर्कहरु सडकमा गुड्नुले तथा कम्पनीले नियमित आयोजना गर्ने राइडहरुमा हुने उल्लेखनीय सहभागिताले टीभीएस एनटर्कहरुको बढ्दो लोकप्रियतालाई पुष्टी गरेको छ।

एनटर्कले नेपालमा १२५ सीसीको स्कुटर बजारमा नयाँ क्याटेगोरी मात्र नथपेर नेपाली ग्राहकहरुको लागि प्रशस्त छनोटका अवसरहरु प्रदान गर्दै विकासको नयाँ युगको सुरुवात गरेको दाबी कम्पनीको छ। एक लाख स्कुटर बिक्री भएको उपलक्ष्यमा टीभीएस एनटर्क अहिले ३ हजार ९ सय ९९ को मासिक किस्तामा उपलब्ध छ।


प्रकाशित : बिहीबार , माघ ४ २०८०१८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend