शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १७ २०७८
हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत

जुम्ला- हिउँदे वर्षाले जुम्लाका किसानलाई राहत भएको छ। हिउँदे बालीनाली उत्पादन गर्ने याममा वर्षा हुँदा यहाँका किसानलाई निकै राहत हुने तातोपानी गाउँपालिका-४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताए।

जिल्लाका कतिपय ठाउँमा गहुँबाली छर्न बाँकी रहेकाले पानी परेपछि किसानले सहज भएको कृषि विकास कार्यालयले जनाएको छ। 'सिँचाइ सुविधा नभएर गहुँ छर्न पाएका थिएनौँ। वर्षापछि गहुँ छर्ने तयारी गरेका छौँ' तिला गाउँपालिका-१ का स्थानीयवासी माने रावतले भने, 'पानी परेकाले ज्यादै खुसी छौँ। सिँचाइको अभाव भएको ठाउँमा गहुँबाली खेतमा उत्पादन भएको थिएनन्। सिँचाइ सुविधा नभएको ठाउँका लागि हिउँदे वर्षाले सघाएको छ।'

गहुँबालीका लागि मात्रै नभएर हिउँदे फलफूलकादेखि स्याउका नयाँ बिरुवालाई राहत गरेको छ। हिउँदे फलफूलका बिरुवा रोप्ने समय आएको छ। फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षा आवश्यक छ। 

अत्यधिक जाडो  

वर्षाले जुम्लाको उच्च लेकाली क्षेत्रमा जाडो बढाएको छ। केही क्षेत्रमा हिमपात भए पनि धेरै समय नरोकिएको स्थानीयवासीले बताएका छन्। वर्षासँगै जिल्लाको धेरैजसो ठाउँमा जाडो बढेको छ।

जाडोले जनजीवन प्रभावित भएको चन्दननाथ नगरपालिका स्थानीयवासी राकेश शाहीले जानकारी दिए। बिहीबारदेखि लगातार हल्का वर्षा भइरहेको छ।  


प्रकाशित : शुक्रबार, मंसिर १७ २०७८०८:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend