सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

काम्लो बेचेर घर खर्च

images
बिहीबार , माघ ४ २०८०
images
काम्लो बेचेर घर खर्च

आधुनिकतासँगै तयारी पोसाक कपडाको प्रयोगले हातले निर्माण गरिएको काम्लो प्रयोग गर्नेको सङ्ख्या घटिरहेको छ।

images
images

गलकोट- पश्चिम बागलुङमा काम्लोको अझै कारोबार हुँदै आएको छ। काम्लोका भारी पिठ्युँमा बोकेर बुर्तिवाङ बजार बिक्रीका लागि आएकी विनमाया पुन जाडो याममा काम्लोको व्यापारका लागि विभिन्न स्थान पुग्छिन्। पूर्वी रुकुमको लुकुम गाउँबाट आएकी विनमायाले गर्मी याममा निर्माण गरेको काम्लो बिक्रीका लागि जाडो याममा बजार खोज्दै हिँड्छिन्।

images
images
images

उनले बागलुङको पश्चिम क्षेत्र निसीखोला, तमानखोला हुँदै बुर्तिवाङ बजारसम्म पश्चिम रुकुममा उत्पादन भएको काम्लो बिक्रीका लागि ल्याउने गरेकी छिन्। 'पहिलाजस्तो बजार त छैन, तर काम्लोको महत्व बुझेकाले मात्रै खरिद गर्छन, अन्यले महँगो भएको प्रतिक्रिया दिन्छन्', उनले भनिन्, 'घरमा बसिबियालो हुन्छ, काम गरिरहेको बानी नगरी बस्न सकिँदैन, भेडा पालिएकै हुन्छ, तिनै भेडाको ऊनलाई काम्लो बनाएर बिक्री गर्दा कम्तीमा घरखर्च चल्छ।'

images
images

लुकुम गाउँबाट काम्लो बिक्री गर्नकै लागि उनी बर्सेनि छिमेकी जिल्लाको बुर्तिवाङ बजारमा आउने गरेकी छिन्। उनले काम्लोको महत्व घट्दा मूल्य भने ओरालो लागेको जानकारी दिइन्।

images
images

'काम्लो कम बन्न थालेको छ, ऊनलाई प्रशोधन गर्नका लागि धेरै मेहनत गर्नुपर्दछ, तर काम्लो र घुमले पानीसमेत छेक्ने गरेको छ, बर्खामा घुम उडेर काम गर्नसमेत सकिन्छ, काम्लोलाई सिलाएर घुमसमेत बनाउँदा जाडोमा निकै तातो हुन्छ', उनले भनिन्, 'एउटा काम्लोलाई दुई हजार पाँच सयमा बिक्री गर्दै आएकी छु जुन मूल्य सामान्य ज्याला मात्रै हो नाफा छैन।'

काम्लोको भारी बोक्दै बुर्तिवाङ बजारमा हिँडेकी पुनले बागलुङ बजारबाट अवलोकन भ्रमणका लागि बुर्तिवाङ पुगेका ग्राहकको मन जितिन्। काम्लोको महत्व बुझेका बागलुङ नगरपालिका-१० भकुण्डेका उदित थापाले दुई हजार पाँच सयमा काम्लो किने।

ताराखोला गाउँपालिका उपाध्यक्ष भीमबहादुर रोका बुर्तिवाङ बजारमा गएको समयमा विनमाया पुनसँगै दुई हजार पाँच सयमा काम्लो खरिद गरे। उनले काम्लोलाई लगेर घुम बनाएर ओढ्ने जनाउँदै आफूलाई ऊनको काम्लोको निकै महत्व लाग्ने गरेको बताए। 'पाँच हजारसम्म पर्छ एउटा घुम (ऊनको कोट) लाई ताराखोलामा तर यहाँ दुई हजार पाँच सयमा काम्लो पाइयो काम्लोलाई घुम बनाउन सजिलै सकिन्छ त्यसैले खरिद गर्ने रहर जाग्यो', रोकाले भने, 'ऊनबाट प्रशोधन गरिएको काम्लोको महत्वप्रति थोरै मानिस मात्रै जानकार छन्, पुर्ख्यौली हस्तकलालाई प्रोत्साहनसमेत गर्न आवश्यक छ।' 

भेडाको ऊनलाई प्रशोधन गरी तानमा बुनेर बनाइएको काम्लो धेरैका लागि रुचिकर कपडा लाग्न सक्छ। पछिल्लो पुस्ताले भेडाको ऊनबाट बनेको काम्लो र घुम देख्नै पाएका छैनन्। आधुनिकतासँगै तयारी पोसाक कपडाको प्रयोगले हातले निर्माण गरिएको काम्लो प्रयोग गर्नेको सङ्ख्या घटिरहेको छ। नेपालको उच्च पहाडी तथा पहाडी क्षेत्रमा पालिने भेडाको ऊनलाई प्रशोधन गरी काम्लो, बख्खु र हडौला बनाइन्छ। रासस


प्रकाशित : बिहीबार , माघ ४ २०८०१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend