सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तोलामा सातसय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार , माघ ४ २०८०
तोलामा सातसय रूपैयाँले घट्यो सुनको मूल्य

बिहीबार सुनको मूल्य प्रतितोला सात सय रूपैयाँले घटेको छ भने चाँदी प्रतितोला १० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- बिहीबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ। बुधबार तोलामा १२ सय रूपैयाँले घटेको सुनको मूल्य बिहीबार प्रतितोला सात सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बिहीबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ९ सय ५० रूपैयाँ कायम छ। 

चाँदीको मूल्य आज तोलामा १० रूपैयाँले घटेको छ। बुधबार प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार ३ सय ९० रूपैयाँमा कारोबार भइरहेको छ।


प्रकाशित : बिहीबार , माघ ४ २०८०१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend