शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

आन्तरिक उडानमा यात्रु घटेपनि जहाज थप्ने प्रतिस्पर्धामा एयरलाइन्स

सन् २०२४ भित्रै १० जहाज थप्ने योजना

शुक्रबार, माघ ५ २०८०
आन्तरिक उडानमा यात्रु घटेपनि जहाज थप्ने प्रतिस्पर्धामा एयरलाइन्स

त्यस्तै सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले दुर्गम क्षेत्रमा उडानका लागि भन्दै तीनवटा ट्विनटर खरिदका लागि टेन्डर गरिसकेको छ। यही वर्षभित्रै कम्तिमा दुईवटा जहाज डेलिभरी हुने सकभर सबै डेलिभरी गर्ने योजना रहेको छ।

काठमाडौं- सन् २०२३ मा आन्तरिक उडान गर्ने यात्रुको संख्यामा गिरावट आएपनि एयरलाइन्सहरू भने जहाज थप्ने प्रतिस्पर्धामा रहेका छन्। एयरलाइन्सहरूको घोषणा तथा योजनाअनुसार सन् २०२४ मा आन्तरिक उडानका लागि १० वटा जहाज भित्रिने पाइपलाइनमा छन्।

आन्तरिक उडानमा सबैभन्दा धेरै जहाज र बजार हिस्सा ओगट्ने बुद्ध एयरदेखि नेपाल एयरलाइन्ससम्मले सन् २०२४ मा जहाज थप गर्ने योजना बनाएका छन्। भर्खरै नयाँ लगानीकर्ता भित्र्याएको यती एयरलाइन्स, श्री एयरलाइन्स र सौर्यले पनि जहाज थप गर्ने योजना अघि सारेका छन्।

सन् २०२३ मा आन्तरिक हवाइ यात्रु ७ प्रतिशतले घटेका थिए। सन् २०२३ मा काठमाडौं विमानस्थल भएर ४१ लाख ५० हजारले यात्रा गरेका छन्। यो सन् २०२२ को तुलनामा थोरै हो। 

यात्रु संख्या घट्दा पनि एयरलाइन्सहरू भने जहाज थप्ने योजनामा छन्। 

सन् २०२३ मा बुद्ध एयरले दुईवटा एटीआर ७२ जहाज ल्याउने योजना बनाएको छ। बुद्धसँग हाल १४ वटा एटीआर ७२ र तीनवटा एटीआर ४२ रहेका छन्। 

त्यस्तै यती एयरलाइन्सले यो वर्ष तीनवटा जहाज ल्याउने घोषणा गरेको छ। यसमध्ये दुईवटा जहाज खरिद गरिसकेको छ। यही हप्ताभित्रै एउटा जहाज आइसक्ने र अर्को छिटै आउने छ। सञ्चालनको २५ वर्षपछि यतीले केही महिनाअगाडि मात्रै एसियन लाइफ इन्स्योरेन्सलाई लगानीकर्ताका रुपमा भित्र्याएको थियो। लगानीकर्ता भित्र्याएपश्चात जहाज थप्ने र आक्रामक बजार विस्तारको रणनीति लिएको यतीले सोअनुसार दुई जहाज किनेको हो।

यतीसँग हाल ५ वटा एटीआर ७२ जहाज छन्। तत्कालै दुई ल्याएर सात पुर्‍याउने र यही वर्ष ८ जहाज पुर्‍याउने योजना यतीको छ। 

त्यस्तै श्री एयरलाइन्सले पनि यही वर्ष ड्यास क्यू ४०० जहाज २ वटा थप गर्ने योजना बनाएको छ। हाल ८ वटा जहाज भएको श्रीले दुई थपेसँगै १० भएपनि उडानमा भने थोरै रहेका छन्। 

त्यस्तै सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले दुर्गम क्षेत्रमा उडानका लागि भन्दै तीनवटा ट्वीनअटर खरिदका लागि टेन्डर गरिसकेको छ। यही वर्षभित्रै कम्तिमा दुईवटा जहाज डेलिभरी हुने सकभर सबै डेलिभरी गर्ने योजना रहेको छ। 

१९ वटा नेपाली वायुसेवा कम्पनीले भने नियमित आन्तरिक उडान तथा हेलिकप्टर सेवा दिँदै आएका छन्। 

बुद्ध एयरसँग अहिले १७ वटा एटीआर जहाज छन्। बुद्धसँग १४ वटा एटीआर ७२ र ३ वटा एटीआर ४२ जहाज छन्। आन्तरिक उडानमा बुद्ध एयर जहाज संख्या र सेवाको हिसाबमा नम्बर १ कम्पनी हो। बुद्धले स्टलमा भने उडान गरेको छैन। 

बुद्धले स्टल उडानको तयारी पनि गरिरहेको छ। साथै बुद्ध थप जहाज पनि ल्याउने तयारीमा छ।

यसैगरी आन्तरिक उडानमा रहेको यती एयरसँग ५ वटा जहाज छन्। यतीसँग रहेका पाँचवटै जहाज एटीआर ७२ हो। यात्रुलाई दिएको सेवाको आधारमा यती दोस्रो कम्पनी हो तर यतीभन्दा श्रीसँग जहाज बढी छन्। श्री एयरसँग ८ वटा जहाज छन्।

चारवटा सीआरजे र चारवटा क्यू फोर ८०० जहाज छन्। श्री आन्तरिक उडानमा तेस्रो बढी बजार हिस्सा भएको कम्पनी हो।

यसैगरी आन्तरिक उडानमा रहेको सौर्य एयरसँग तीनवटा जहाज छन्। जसमा दुईवटा मात्रै उडानयोग्य रहेको छ। आर्थिक संकटमा परेर उडान नै बन्द भएको गुणसँग ७ वटा जहाज  छन्। अहिले गुणको उडान छैन।

यसैगरी स्टल उडानमा रहेको तारा एयरसँग तीन वटा, समिटसँग चार र सीतासँग तीनवटा जहाज छन्। सीतासँग रहेको तीनवटा जहाजमध्ये एउटा उडानयोग्य छैन। 

यसैगरी सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले आन्तरिक उडानमा दुईवटा ट्वीनअटर जहाज सञ्चालन गरिरहेको छ। एउटा ट्वीनअटर जहाज भने ११ वर्षदेखि ग्राउन्डेड छ।

यसैगरी ५ वटा चिनियाँ जहाज बिक्री प्रक्रियामा छ भने तीनवटा स्टल उडानका लागि निगमले 

जहाज खरिद गर्दै छ। यसबाहेक निगमसँग अन्तर्राष्ट्रिय उडानमा दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज रहेको छ।

यसैगरी अन्तर्राष्ट्रिय उडानमा नै रहेको स्वदेशी कम्पनी हिमालय एयरलाइन्ससँग चारवटा जहाज छन्। कतिपय हेलिकप्टर कम्पनी र जहाज कम्पनी पाइपलाइनमा रहेका छन्।


प्रकाशित : शुक्रबार, माघ ५ २०८००७:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend