सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनामा ९ गैँडा मरे

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ ३ २०८०
images
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ६ महिनामा ९ गैँडा मरे

गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोष्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले दुई गैँडा मरेका थिए।

images
images

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको ६ महिनामा ९ वटा गैँडा मरेका छन्। तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको छ भने एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ। 

images
images
images

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर दुई, आपसमा जुधेर दुई र बाघ एवं गोहीको आक्रमणबाट दुईवटा गैँडा मरेका हुन्।

images
images

गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोष्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले दुई गैँडा मरेका थिए। 

images
images

त्यस्तै तस्करहरुले छ र १८ वर्षका पोथी गैँडा खाल्डोमा पारेर मारेका थिए। ती तस्करलाई पक्राउ गरिसकिएको छ।

यसअघि भदौमा निकुञ्जकै हरदा खोला क्षेत्रमा एउटा गैँडाको हाडखोर भेटिएको थियो। तिवारीले सो गैँडा तस्करले मारेको आशंका गरिएको बताए। घटनास्थलमा खाग नभेटिएकाले तस्करले मारेको हुनसक्ने आशंका गरिए पनि यकिन नभएको उनले बताए। उक्त घटनाको अनुसन्धान भइरहेको छ।

निकुञ्ज र आसपासका क्षेत्रका बढी गैँडा प्राकृतिक कारणले मर्ने गरेका छन्। निकुञ्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७२/७३ यता दुई सय ३५ वटा गैँडा मरेका छन् र तीमध्ये १२ वटा चोरीसिकारीले मारेको आशंका गरिएको छ।

बुढो भएर, भिरबाट लडेर, दलदलमा फसेर, बाढीले बगाएर, आपसमा जुधेर, बाघ र गोहीले आक्रमण गरेर, विद्युतीय करेन्टमा परेर, रोग लागेर, खाडलमा परेर, विष सेवन गरेर गैँडा मर्ने गरेका छन्। निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा छन्। रासस


प्रकाशित : बुधबार, माघ ३ २०८०१५:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend