शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

लगानीकर्ता भित्र्याएसँगै यती एयरलाइन्सले किन्यो २ जहाज, एउटा यही साता आउने

मंगलबार, माघ २ २०८०
लगानीकर्ता भित्र्याएसँगै यती एयरलाइन्सले किन्यो २ जहाज, एउटा यही साता आउने

सञ्चालनको २५ वर्षपछि यती एयरले केही महिना अगाडि मात्रै लगानीकर्ता भित्र्याएको थियो। लगानीकर्ता भित्र्याएपश्चात जहाज थप्ने र आक्रामक बजार विस्तारको रणनीति लिएको यतीले सोअनुसार दुई जहाज खरिद गरेको हो।

काठमाडौं-  नयाँ लगानीकर्ता भित्रिएसँगै यती एयरलाइन्सले २ वटा जहाज खरिद गरेको छ। यती एयरलाइन्सले बंगलादेशको नोभा एयरसँग २ वटा एटीआर ७२ जहाज खरिद गरेको हो।

सञ्चालनको २५ वर्षपछि यतीले केही महिना अगाडि मात्रै एसियन लाइफ इन्सोरेन्सलाई लगानीकर्ताका रुपमा भित्र्याएको थियो। लगानीकर्ता भित्र्याएपश्चात जहाज थप्ने र आक्रामक बजार विस्तारको रणनीति लिएको यतीले सोअनुसार दुई जहाज किनेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार बंगलादेशको नोभा एयरसँग खरिद गरिएको २ वटा जहाजमध्ये एउटा जहाज यही शुक्रबार वा शनिबारभित्रमा नेपाल आइपुग्ने छ भने दोस्रो जहाज अर्को २ साता पछि आउने छ।  

योसँगै यती एयरसँग ७ वटा एटीआर ७२ जहाज हुने भएको छ।

यतीको आन्तरिक उड्डयन बजारमा बजार हिस्सा दोस्रो स्थानमा रहेको छ। आन्तरिक हवाई सेवाप्रदायक कम्पनी यती एयरले सन् १९९८ सेप्टेम्बर २१ बाट हवाई उडान सुरु गरेको थियो। यतीले सुरुवाती उडान नाइन एन एईभीबाट गरेको थियो। अहिले यती एयरले पाँच वटा एटीआर जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ।

यती एयरको भगनी संस्था तारा एयरले दुर्गममा हवाई सेवा प्रदान गरिरहेको छ। यती एयरले भने सुगम क्षेत्रमा सेवा दिँदै आएको छ। यती एयरले अहिले माउन्टेन उडानसहित पोखरा, विराटनगर, भद्रपुर, जनकपुर, भैरहवा र सिमरामा उडान गरिरहेको छ।


प्रकाशित : मंगलबार, माघ २ २०८०१६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend