बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

राहदानी विभागले मंसिर २८ गतेबाट एमआरपी पासपोर्टको आवदेन नलिने, १ हजारभन्दा बढीले लिए ई–पासपोर्ट

images
शुक्रबार, मंसिर १७ २०७८
images
राहदानी विभागले मंसिर २८ गतेबाट एमआरपी पासपोर्टको आवदेन नलिने, १ हजारभन्दा बढीले लिए ई–पासपोर्ट

राहदानी विभागले मंसिर २८ गतेबाट एमआरपी पासपोर्टको लागि आवेदन नलिने भएको छ। मंसिर १ गतेबाट इ–पासपोर्ट सुरु गरेको विभागले २८ गतेबाट एमआरपीको आवदेन नलिने  भएको छ।

images
images

काठमाडौं- राहदानी विभागले मंसिर २८ गतेबाट एमआरपी पासपोर्टको लागि आवेदन नलिने भएको छ। मंसिर १ गतेबाट ई–पासपोर्ट सुरु गरेको विभागले २८ गतेबाट एमआरपीको आवदेन नलिने  भएको छ।

images
images
images

विभागमा प्रवक्ता शरदराज आरनले अहिले दैनिक ३ सय जति ई–पासपोर्टका लागि आवेदन आउन थालेको जानकारी दिए।विभागले अहिलेसम्म १ हजार जति ई–पासपोर्ट जारी गरिसेको छ। २८ गतेबाट विभागले पुर्ण रुपमा ई–पासपोर्टको मात्रै अनलाइन आवेदन लिने उनको भनाइ छ।

images
images

अहिले दैनिक १५ सय वटा एमआरपीको आवदेन आइरहेको भए पनि २८ गतेबाट पूर्णरुपमा ई–पासपोर्टमा जाने उनको भनाइ छ।

images
images

अब त्रिपुरेशबाट ई–पासपोर्ट

विभागको अफिस पनि सर्ने भएको छ। नारायणहिटी दरबार संग्राहलयबाट पासपोर्ट वितरणको काम भइरको थियो। तर त्रिपुेश्वरमा विभागले आफ्नो भवन बनाइसेका हुँदा अब पासपोर्टको काम पनि त्यहीबाट सुरु हुने उनको भनाइ छ। संग्राहलयले पनि केही समय अगाडिदेखि ठाउँ खाली गर्न भन्दै आएको थियो।

३ जिल्लामा उपकरण जडानका काम हुँदै

उपत्यका ३ जिल्लाबाट पनि ई–पासपोर्ट जारी गर्ने गरी तयारी सुरु भएको छ। काठमाडौं, भक्तपुर र ललितपुरमा अहिले उपकरण जडानका काम भइरहेको छ। सबै तयारी पुरा भएपछि ३ वटै जिल्लाबाट ई–पासपोर्ट जारी हुने भएको छ। ३ जिल्लामाा वितरण सुरु भएपछि विस्तारै उपत्यका बाहिर जाने विभागको भनाइ छ।


प्रकाशित : शुक्रबार, मंसिर १७ २०७८०५:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend