बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

जनकपुर–बर्दिवास रेलवे विस्तारको काम अघि बढ्ने विश्वास 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर १७ २०७८
images
जनकपुर–बर्दिवास रेलवे विस्तारको काम अघि बढ्ने विश्वास 

यो निर्णयानुसार अब जग्गाधनीले आफ्नो जग्गाको प्रमाणसाथ दाबी गरेपछि मुआब्जा वितरण तत्काल गर्न सकिने जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बताउँछन्। 

images
images

महोत्तरी- लामो समयदेखि अन्योलमै रहेको जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तारको तेस्रो खण्डको काम अघि बढ्ने विश्वास बढ्दै गएको छ । पछिल्लोपटक सरकारले निर्धारण गरेको जग्गा मुआब्जा बुझ्ने मनस्थितिमा जग्गाधनी पुग्दै गएपछि अब रेल लिक निर्माणको काम अघि बढ्ने विश्वास बढेको हो । महोत्तरीको भङ्गाहा–५ स्थित बिजलपुरा रेल्वे स्टेशनबाट बर्दिवाससम्मको तेस्रो खण्डको काम पछिल्ला केही वर्षयता जग्गा मुआब्जा विवादले विवादित हुँदै आएको थियो ।

images
images
images

जयनगर–जनकपुर–बर्दिवाससम्मको ब्रोडगेज रेल्वे विस्तारको राष्ट्रिय महत्वको आयोजनामा पहिलो र दोस्रो खण्डको काम सम्पन्न भएको छ । जयनगरबाट कुर्थासम्म ३४ किलोमिटर दूरीको प्रथम खण्ड र कुर्थाबाट बिजलपुरा स्टेशनसम्मको १७ किमी दूरीको दोस्रो खण्डको निर्माण सम्पन्न भएको हो । तेस्रो खण्डको बिजलपुराबाट बर्दिवाससम्मको १८ किमी दूरीको काम भने बर्दिवास–१, २ र १४ मा पर्ने जग्गाको मुआब्जा विवादले जयनगर–जनकपुर–बर्दिवास र पूर्वपश्चिम रेल विस्तारको काम अघि बढ्न सकेको थिएन ।

images
images

पछिल्लोपटक जिल्लाको जग्गा मुआब्जा निर्धारण समितिले गत भदौमा तय गरेको मूल्यमा जग्गाधनीले गृहमन्त्रीसमक्ष पुनरावलोकनको लिखित आग्रह गरे पनि सरकारले सो गर्न नपर्ने प्रष्ट्याएपछि अब जग्गाधनी मुआब्जा रकम बुझ्ने मनस्थितिमा पुगेका देखिन्छन् । 'सात÷सात वर्षदेखि हाम्रो जग्गा रोक्का राखेर मुआब्जा तोकिएन, बल्ल सरकारले यसपालि मुआब्जा तोकेको छ, मूल्यमा त हामी ठगिएकै हौँ' बर्दिवास–१४ का एक जग्गाधनीले भने 'अब कहाँ–कहाँ गुहार लगाउनु, हामी थाक्यौँ।' 

images
images

पूर्वपश्चिम रेल र जयनगर–जनकपुर–बर्दिवास रेल विस्तार आयोजनाको संयुक्त स्टेशन बर्दिवासमा बन्ने निर्धारण भएपछि विसं २०७३ मा सरकारले साविक बर्दिवास गाविस (हाल बर्दिवास नगरपालिका–१, २ र १४) को ५९ बिघा जग्गा अधिग्रहण गरेर रोक्का राखेको तर मुआब्जा भने नटुङ्गिँदा जग्गाधनी र रेल विस्तारको काम दुवै अन्योलमा परेका हुन् ।

अब भने मुआब्जाको कुरा टुङ्गिएको हुँदा काम अघि बढ्ने विश्वास यस भेगमा पलाएको हो । पछिल्लोपटक जिल्लास्तरीय जग्गा मुआब्जा निर्धारण समितिले बर्दिबासको जग्गाको मूल्य ३२ प्रकरणमा खुलाइ प्रतिकठ्ठा  सात लाखदेखि ८० लाखसम्म मुआब्जा दिने निर्णय गरेको छ । यो निर्णयानुसार अब जग्गाधनीले आफ्नो जग्गाको प्रमाणसाथ दाबी गरेपछि मुआब्जा वितरण तत्काल गर्न सकिने जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाल बताउँछन्। 

यसअघि जयनगर–जनकपुर–बर्दिवास रेल्वे विस्तार आयोजनामा पर्ने तेस्रो खण्डकै साविक भङ्गाहा गाविस–३, ४ (हाल भङ्गाहा नगरपालिका–४) र साविक किसाननगर गाविस (हाल बर्दिवास–६, ७) को मुआब्जा निर्धारण विसं २०७६ मै गरिएको थियो । यद्यपि बर्दिवासको मुआब्जा नतोकिँदा आफ्नो पनि केही मूल्य बढ्न सक्ने आशले कुनै जग्गाधनीले मुआब्जा दाबी भने नगरेका बर्दिवास–७ का वडाध्यक्ष फाल्गुण सुसलिङ बताउँछन्। रासस


प्रकाशित : शुक्रबार, मंसिर १७ २०७८०५:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend