मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

५ महिनामा वाणिज्य बैंकले कमाए ३३ अर्ब ५ करोड खुद नाफा, पहिलो नबिल बन्दा अन्यको कति?

images
आइतबार, पुस २९ २०८०
images
५ महिनामा वाणिज्य बैंकले कमाए ३३ अर्ब ५ करोड खुद नाफा, पहिलो नबिल बन्दा अन्यको कति?

प्राइम कमर्सियल बैंकले एनआईसी एसिया बैंकलाई उछिन्दै यस अवधिमा १ अर्ब ९३ करोड रूपैयाँ खुद नाफा गरेको छ। एनआईसी एसिया बैंकले १ अर्ब ८५ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको ५ महिनासम्ममा वाणिज्य बैंकहरुले ३३ अर्ब ५ करोड रूपैयाँ खुद नाफा गरेका छन्।

images
images
images

कात्तिक महिनासम्ममा वाणिज्य बैंकहरुले २२ अर्ब ६२ करोड रूपैयाँ खुद नाफा गरेका थिए। यस अवधिसम्म नबिल बैंक सबैभन्दा बढी नाफा गर्न सफल भएको छ। यस बैंकले चालु आर्थिक वर्षको ५ महिनामा नबिल बैंक २ अर्ब ९६ करोड रूपैयाँ खुद नाफा गरेको छ। ग्लोबल आईएमई बैंक सबैभन्दा धरै नाफा गर्ने बैंकमध्ये दोस्रो स्थानमा रहेको छ। 

images
images

यस बैंकले मंसिरसम्ममा ग्लोबल आईएमई बैंक २ अर्ब ७४ करोड खुद नाफा गरेको छ। यस्तै, यस अवधिमा नेपाल इन्भेष्टमेन्ट मेघा २ अर्ब ६० करोड रूपैयाँ नाफा गर्न सफल भएको छ। 

images
images

यस्तै प्राइम कमर्सियल बैंकले एनआईसी एसिया बैंकलाई उछिन्दै यस अवधिमा १ अर्ब ९३ करोड रूपैयाँ खुद नाफा गरेको छ। एनआईसी एसिया बैंकले १ अर्ब ८५ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएको छ।

यस्तै, हिमालयन बैंकले १ अर्ब ८० करोड, प्रभु बैंकले १ अर्ब ४९ करोड, एनएमबि बैंकले १ अर्ब ४५ करोड,राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ४१ करोड ,एभरेष्ट बैंकले १ अर्ब ४० करोड , कुमारी बैंकको १ अर्ब ३० करोड,सिद्धार्थ बैंक १ अर्ब २५ करोड, स्टाण्डर्ड चार्टर्ड बैंकले १ अर्ब २२ करोड रूपैयाँ,नेपाल बैंक लिमिटेडले १ अर्ब २१ करोड र सानिमा बैंकले १ अर्ब ७ करोड रूपैयाँ खुद नाफा गर्न सफल भएका छन्।

यस्तै यस अवधिमा नेपाल एसबिआई बैंक ९१ करोड ६३ लाख रूपैयाँ, लक्ष्मी सनराइज बैंक ८९ करोड ८० लाख रूपैयाँ,माछापुच्छ्रे बैंक ७६ करोड २७ लाख रूपैयाँ र सिटिजन्स इन्टरनेशल ७४ करोड ३६ लाख रूपैयाँ खुद नाफा गर्न सफल भएका छन्।

यस अवधिमा सबैभन्दा कम खुद नाफा कृषि विकास बैंकले गरेको छ। यद्यपी चालु आर्थिक वर्षको कात्तिकसम्म खुद नोक्सानीमा रहेको कृषि विकास बैंक पाँचौँ महिना भने नाफा गएको छ। यस अवधिमा यस बैंकले १२ करोड ५० लाख रूपैयाँ खुद नाफा गरेको छ। 


प्रकाशित : आइतबार, पुस २९ २०८०१६:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend