सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट

आइतबार, पुस २९ २०८०
नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट

बिगमार्टको जाडो मौसमलाई लक्षित योजनामा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा छुटसँगै थुप्रै आकर्षक पुरस्कारहरु रहेका छन्।

काठमाडौं- नेपाल पे क्यूआरबाट बिगमार्टमा भुक्तानी गर्दा ग्राहकले १० प्रतिशतसम्म छुट पाउने भएका छन्। 

नेपाल पे क्यूआर स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम एक सयसम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। उक्त अफर नेपालभरका बिगमार्ट स्टोरहरुमा माघ १ बाट सीमित अवधिका लागि उपलब्ध हुनेछ।

बिगमार्टको जाडो मौसमलाई लक्षित योजनामा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा छुटसँगै थुप्रै आकर्षक पुरस्कारहरु रहेका छन्।

जाडो मौसमलाई मध्यनजर गर्दै बिगमार्टले ल्याएको उक्त ‘विन्टर अफर’ हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरुमा उपलब्ध रहेका छन्। बिगमार्टका स्टोरमा अधिकांश सामान खरिद गर्दा स्टोरमा रहेको डायनामिक क्यूआर स्क्यान गरी भुक्तानी गर्दा उक्त अफरको लाभ उठाउन सकिनेछ।

ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, प्राय जसो विकास बैंक र फाइनान्स कम्पनीहरुको मोबाइल बैंकिङ, वालेटहरु वा कनेक्ट आईपीएस प्रयोग गरी नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। 

नेपाल पे क्यूआर नेशनल पेमेन्ट स्वीचअन्तर्गत क्यूआर भुक्तानीलाई एप वा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने नेपाल-क्युआर स्ट्याण्डर्डको पूर्वधार हो। बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपाल पे क्यूआरमा ४ लाख ६५ हजार र स्मार्ट क्यूआरको २ लाख ५० हजार समेत गरी ७ लाख १५ हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध गरेका छन्।


प्रकाशित : आइतबार, पुस २९ २०८०१६:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend