सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कोशीमा ग्लोबल आईएमई बैंकको नि:शुल्क स्वास्थ्य शिविर

आइतबार, पुस २९ २०८०
कोशीमा ग्लोबल आईएमई बैंकको नि:शुल्क स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले ७७ वटै जिल्लामा रहेको शाखा सञ्जालबाट ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

बैंकले इलामको इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा शनिबार एक सय ६० भन्दा बढी महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानिय महिलाहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गराएको छ।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको हो।

बैंकका अनुसार प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको छ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिने छ।

वार्षिकत्सवको अवसरमा सम्पूर्ण प्रदेशहरुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार दुई सय ५० भन्दा बढी महिलाहरुलाई स्वास्थ्य चेकजाँच सेवा उपलब्ध गराइएको बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंकले ७७ वटै जिल्लामा रहेको शाखा सञ्जालबाट ४६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।


प्रकाशित : आइतबार, पुस २९ २०८०१५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend