सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

एक करोड १९ लाखको लागतमा भलामखोरमा खानेपानी आयोजना निर्माण, घरघरमा पुग्यो पानी

आइतबार, पुस २९ २०८०
एक करोड १९ लाखको लागतमा भलामखोरमा खानेपानी आयोजना निर्माण, घरघरमा पुग्यो पानी

पानी विभिन्न स्थलमा निर्माण गरिएका तीनवटा ट्यांकीमा संकलन गरी उपभोक्ताका घर घरमा पानी पुर्‍याइएको छ।

गण्डकी- पोखरा महानगरपालिका-२० भलामखोरका सम्पूर्ण घरमा खानेपानी सुविधा पुगेको छ। एक करोड १९ लाख ३२ हजार ८ सयको लागतमा इक्राघारी बिचारी खानेपानी आयोजना निर्माण भएसँगै सो क्षेत्रका बासिन्दालाई पानीको सुविधा पुगेको हो।

गण्डकी प्रदेश सरकारको एक करोड आठ लाख ४८ हजार रूपैयाँ र १० लाख ८४ हजार आठ सय रूपैयाँ बराबरको जनश्रम परिचालन गरी सो आयोजना निर्माण गरिएको  इक्राघारी बिचारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुलसीप्रसाद तिमिल्सिनाले जानकारी दिए।

उनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा निर्माण सुरु गरिएको उक्त आयोजनाअन्तर्गत एक हजार सातसय मिटर परको जंगलबाट दुई इञ्चीको पाइपबाट ल्याइएको पानी विभिन्न स्थलमा निर्माण गरिएका तीनवटा ट्यांकीमा संकलन गरी उपभोक्ताका घर घरमा पानी पुर्‍याइएको छ।

दुई दशकभन्दा पहिल्यै नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लबको आर्थिक सहयोगमा एक इञ्चीको पाइपबाट ल्याइएको पानी अपुग भएपछि नयाँ योजना सुरु गरिएको जानकारी दिँदै उनले भने, 'तीव्ररुपमा फाँटमा बस्ती विकास भएको यस आयोजनाबाट थप २५ वटा मात्र नयाँ धारा जडान गर्न सकिने क्षमता थियो।'

प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले सो आयोजना शुभारम्भ गर्दै प्रदेश सरकारले एक घर एक धारा कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जानकारी दिए। रासस


प्रकाशित : आइतबार, पुस २९ २०८०१५:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend