मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

विदेशी विद्यार्थीको संख्यामा सीमा लगाउँदै क्यानडा सरकार

images
आइतबार, पुस २९ २०८०
images
विदेशी विद्यार्थीको संख्यामा सीमा लगाउँदै क्यानडा सरकार

सन् २०२२ सम्म क्यानडामा ८ लाख विद्यार्थी भिसा सक्रिय देखिएको छ। अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आकर्षक गन्तव्य मानिएको क्यानडाले अब भने संख्यामा सीमा तोक्ने तयारी गरेको छ।

images
images

काठमाडौं- खुकुलो अध्यागमन नीतिका कारणले गर्दा आप्रवासीको संख्या धान्न नसकिने अवस्था आएको भन्दै क्यानडा सरकारले सीमा लगाउने तयारी गरेको छ। 

images
images
images

विदेशी विद्यार्थीको संख्यामा अत्याधिक वृद्धि भएको र यही कारणले गर्दा आवासको मूल्यवृद्धि उकासिएको भन्दै सरकारको आलोचना भइरहेको छ। 

images
images

यही सन्दर्भमा क्यानडा सरकारले विदेशी विद्यार्थीको संख्यालामा क्याप लगाउने तयारी भइरहेको छ। अर्थतन्त्र चलायमान तथा उत्पादक बनाउनका लागि आप्रवासन नीतिलाई लचिलो बनाएपछि हाउजिङ सुविधाको मूल्यवृद्धि बढेको छ। 

images
images

मान्छेको संख्या बढ्ने तर सुस्त निर्माणका कारणले गर्दा माग बढेको र यही कारणले मूल्यवृद्धि भएको  सरकारको आँकलन छ। क्यनाडाका अध्यगमन मन्त्री मार्क मिलरले संख्या नियन्त्रण बाहिर जान लागेको स्वीकार गरेका छन्। सीटीभीसँगको अन्तर्वार्तामा उनले आप्रवासी विद्यार्थीको संख्या चिन्ताको विषय भएको संख्या निर्धारणका बारेमा भने मुख खोलेनन्। 

सन् २०२२ सम्म क्यानडामा ८ लाख विद्यार्थी भिसा सक्रिय देखिएको छ। अन्तर्राष्ट्रिय विद्यार्थीका लागि आकर्षक गन्तव्य मानिएको क्यानडाले अब भने संख्यामा सीमा तोक्ने तयारी गरेको छ। 

पछिल्लो समय नेपालीका लागि पनि आकर्षक गन्तव्य बनेको छ। अध्ययनसँगै काम पनि सहज मानिने क्यानडामा विदेशी विद्यार्थीलाई अनुमति कडाइ हुने भएको छ। कम्तिमा यो वर्षको दोस्रो त्रैमाससम्म नियन्त्रण हुनसक्ने अनुमान गरिएको छ। 

 


प्रकाशित : आइतबार, पुस २९ २०८०१०:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend