मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

माघ १ देखि १३ लाख लाइसेन्स छपाइमा जान्छ, वितरण रोकिँदैन : यातायातमन्त्री ज्वाला

images
शनिबार, पुस २८ २०८०
images
माघ १ देखि १३ लाख लाइसेन्स छपाइमा जान्छ, वितरण रोकिँदैन : यातायातमन्त्री ज्वाला

'लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ', भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भने।

images
images

चितवन- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छपाइ नरोकिने बताएका छन्। ड्राइभिङ स्कुल संघ, चितवनको पाँचौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले माघ १ गतेदेखि लाइसेन्स छपाइ सुरु हुने बताए।

images
images
images

'आज मात्रै ६ लाख कार्ड ल्याइएको छ भने अन्य ६ लाख कार्ड ल्याउने तयारीमा छौँ। लाइसेन्स छपाइ र वितरण नरोकिने गरी काम अघि बढाउँछौँ', मन्त्री ज्वालाले भने, 'माघ १ गतेदेखि १३ लाख कार्ड छपाइमा जान्छ, अनि समस्या हट्दै जान्छ।'

images
images

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले व्यवसायमार्फत राज्यमा ड्राइभिङ स्कुलहरूले रोजगारी सिर्जना गर्दै आएको बताए। उनले भने, 'स्कुल सञ्चालनमा देखिएका समस्या समाधानका लागि तीनवटै तहका सरकारले नीति बनाएर सहयोग गर्नुपर्नेछ।'

images
images

नेपाली कांग्रेस चितवनका उपसभापति राजीव न्यौपाने, नेकपा एमालेका भक्तिप्रसाद गौतम, नेपाल किसान महासंघका सचिव भरतप्रसाद फुयाल, संघका अध्यक्ष रामचन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष खगेन्द्र बुढाथोकीलगायत वक्ताले मन्तव्य राखेका थिए।

अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशनमा देशभर एक हजार पाँच सय व्यवसायीका तीन सय ५० जना प्रतिनिधि सहभागी छन्। रासस 


प्रकाशित : शनिबार, पुस २८ २०८०१७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend