बिहीबार , वैशाख २५ गते २०८२    
बिहीबार , वैशाख २५ २०८२
images
images

ओमिक्रोनको जोखिम बढेको भन्दै हङकङ र दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल प्रवेशमा रोक

images
बिहीबार , मंसिर १६ २०७८
images
ओमिक्रोनको जोखिम बढेको भन्दै हङकङ र दक्षिण अफ्रिकासहित ९ देशबाट नेपाल प्रवेशमा रोक
फाइल तस्बिर

हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक र मलावीबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो। 

images
images

काठमाडौं-  कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै सरकारले विभिन्न ९ देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ। 

images
images
images

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले हङकङ, दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक र मलावीबाट नेपाल आउन रोक लगाउने निर्णय गरेको हो। नयाँ भेरियन्टलाई रोकथाम गर्न जोखिम देखिएका देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। 

images
images

यी ९ देशबाट ट्रान्जिट बनाएर नेपाल आउनेलाई पनि रोक लगाइने जनाइएको छ। गएको तीन हप्ताभित्र ती देश भ्रमण गरेकालाई पनि मंसिर १६ गते राति १२ बजेदेखि नेपाल प्रवेशमा रोक लगाउने मन्त्रिपरिषद्को निर्णय छ। यो आदेश जारी हुँदाको समयमा ट्रान्जिटमा रहेका सबै यात्रुले नेपाल आएपछि आफ्नै खर्चमा अनिवार्य रुपमा ७ दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने छ। 

images
images

यी देश बाहेकबाट आउनेको हकमा संक्रमणको अवस्थाको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त देशको पहिचान गरी सोको जानकारी अध्यागमन विभागलाई गराउने समेत जनाएको छ। 

संक्रमणको जोखिम भएका देशबाट नेपाल आउनेलाई अनअराइभल भिसा नदिने निर्णय समेत भएको छ। संक्रमणको जोखिम भएका मुलुकबाट नेपाल आउनेले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिनमा बस्नु पर्नेछ।

बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिलसमेत गरेको थियो। कोभिड १९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो।  


प्रकाशित : बिहीबार , मंसिर १६ २०७८१४:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend