शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

त्रिविको उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न शीर्ष नेतालाई राष्ट्रपतिको आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २७ २०८०
त्रिविको उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न शीर्ष नेतालाई राष्ट्रपतिको आग्रह

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकका जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउने काममा मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन्। 

राष्ट्रपति पौडेलले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई शुक्रबार शीतलनिवासमा बोलाएर मुलुकमा देखिएका महत्वपूर्ण विषयहरू संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएका हुन्। 

राष्ट्रपति पौडेलले दलहरूले आफूहरुले मिलेर ल्याएको संघीयता कार्यान्वयन गर्न प्रदेशलाई अधिकारी दिने गरी तत्काल कानुनहरु पनि मिलेर बनाउन, निमुखाले न्याय पाउने गरी  सुशासन कायम गर्न नेताहरुको ध्यानाकर्षण गराए। 

भेटका क्रममा पौडेलले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति खाली रहेको बेला मेरो तेरो नभनी क्षमतावान प्राज्ञ ल्याएर यही मौकामा विश्वविद्यालय सुधारको अभियान सुरु गर्न पनि ध्यानाकर्षण गराएका थिए। 

केही दिनअघि त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिको विषयमा प्राज्ञहरूले राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए। पूर्वउपकुलपतिसहितका प्राज्ञहरूले सुधारका लागि पहल गरिदिन उनीहरूले राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए। आज शीर्ष नेताहरूसँगको भेटमा राष्ट्रपतिले सो विषयमा चासो दिएका हुन्।


प्रकाशित : शुक्रबार, पुस २७ २०८०१७:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend