शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पाँच वर्षदेखि एयरबसको अग्रता, बोइङलाई निरन्तर धक्का

आइतबार, पुस २९ २०८०
पाँच वर्षदेखि एयरबसको अग्रता, बोइङलाई निरन्तर धक्का

बोइङको ७३७ म्याक्समा निरन्तर समस्या आउँदा उत्पान नै प्रभावित भएको छ। गत वर्ष बोइङले ५२८ जहाज आपूर्ति गरेको थियो भने १ हजार ३१४ बुकिङ पाएको छ।

काठमाडौं-  युरोपेली जहाज निर्माता कम्पनी एयरबसले पछिल्लो पाँच वर्षदेखि बजारमा आफ्नो अधिपत्य कायम राखेको छ। जहाज उत्पादन, बुकिङ र आपूर्तिमा अमेरिकी निर्माता बोइङलाई निकै पछि पारेको छ। 

सन् २०२३ मा एयरबसले ११ प्रतिशत धेरै जहाज आपूर्ति गरेको छ। त्यस्तै खुद अर्डर पनि २ हजार ९४ वटा प्राप्त गरेको छ। रद्धपछि एयरबसको अर्डरमात्र २० हजार ९४ छ भने ७३५ जहाज आपूर्ति गरेको थियो। एयरबससँग अहिले पनि ८ हजार ५९८ जहाज अर्डर छ। 

कमर्सियल जहाजको बजारमा दुई कम्पनीको अधिपत्य रहँदै आएको छ तर पछिल्लो पाँच वर्षदेखि बोइङको जहाजमा समस्या आउँदा यो बीचमा एक वर्ष पनि निकट पुग्न सकेको छैन। 

बोइङको ७३७ म्याक्समा निरन्तर समस्या आउँदा उत्पान नै प्रभावित भएको छ। गत वर्ष बोइङले ५२८ जहाज आपूर्ति गरेको थियो भने १ हजार ३१४ बुकिङ पाएको छ। 

सन् २०१८ पछि बोइङको नयाँ मोडलको जहाजमा समस्या आएदेखि त्यसको फाइदा एयरबसले लिएको छ। गत हप्तामात्र बोइङको जहाजमा समस्या आउँदा संसाभर सयौं जहाज ग्राउन्डेड भएका थिए। 

नेपालमा दुई ठूला अन्तर्राष्ट्रिय एयरलाइन्सले एयरबसका जहाजमात्र सञ्चालन गर्छन् भने भारतीय बजारमा पनि एयरबसकै दबदबा रहेको छ। नेपालमा उडान गर्ने विदेशी एयरलाइन्सको भने मिश्रित जहाज रहेका छन्।


प्रकाशित : आइतबार, पुस २९ २०८०१०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend