मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

सम्झौता अवधिभित्र भवन निर्माण नगर्ने कम्पनीसँग राष्ट्र बैंकले गर्‍यो ठेक्का सम्झौता रद्द

images
शुक्रबार, पुस २७ २०८०
images
सम्झौता अवधिभित्र भवन निर्माण नगर्ने कम्पनीसँग राष्ट्र बैंकले गर्‍यो ठेक्का सम्झौता रद्द

समयमा काम नगरेपछि राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै खरिद सम्झौता अन्त्य गरिएको जनाएको छ।

images
images

काठमाडौं- तीन वर्षसम्म आवसीय भवन निर्माण नगर्ने कम्पनीसँग राष्ट्र बैंकले ठेक्का सम्झौता रद्द गरेको छ।

images
images
images

राष्ट्र बैंकले बाँकेको नेपालगञ्जमा निर्देशकहरूका लागि आवासीय भवन निर्माण गर्ने योजनासहित निर्माण व्यवसायी केआर कन्सट्रक्सनसँग २०७७ चैत ३१ गते निर्माण सम्झौता गरेको थियो तर निर्माण व्यवसायीले समयमा नै भवन निर्माण गरेन। 

images
images

समयमा काम नगरेपछि राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले शुक्रबार सूचना जारी गर्दै खरिद सम्झौता अन्त्य गरिएको जनाएको छ।

images
images

ठेक्कदार कम्पनीलाई समयसीमाभित्र काम सम्पन्न गर्न पटक पटक मौखिक तथा लिखित रुपमा जानकारी गराउँदासमेत निर्माण कार्य गर्न अग्रसरता नदेखाएकाले ठेक्का सम्झौता रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ।

निर्माण कम्पनीले विभिन्न बाहानामा निर्माण कार्यमा वेवास्ता गरी खरिद सम्झौता र सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम निर्माण व्यवसायीसँग खरिद सम्झौता अन्त्य गरी कार्य सम्पादन जमानत जफत गरी वित्तीय फरफारकसम्बन्धी काम अगाडि बढाउने र निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रकृया अगाडि बढाउने निर्णय गरेको छ।


प्रकाशित : शुक्रबार, पुस २७ २०८०१४:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend