मंगलबार, वैशाख ३० गते २०८२    
मंगलबार, वैशाख ३० २०८२
images
images

चीनको निर्यात व्यापार ७ वर्षमा पहिलोपटक घट्यो

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, पुस २७ २०८०
images
चीनको निर्यात व्यापार ७ वर्षमा पहिलोपटक घट्यो

पछिल्लोपटक २०१६ मा चीनको निर्यात व्यापार ७.७ प्रतिशतले घटेको थियो।

images
images

काठमाडौं- चीनको निर्यात व्यापार ७ वर्षमा पहिलोपटक घटेको छ। २०२३ मा चीनको निर्यात व्यापार ४.६ प्रतिशतले घटेको हो। 

images
images
images

विश्व बजारमा माग कम भएपछि २०१६ यता चीनको निर्यात व्यापार २०२३ मा घटेको हो। २०२३ मा चीनले ३३ खर्ब ८० अर्ब डलर बराबरको निर्यात गरेको चीनको भन्सार नियकायले सार्वजनिक गरेको तथ्यांक छ। २०२२ मा चीनको निर्यात व्यापार २०२१ को तुलनामा ७ प्रतिशतले बढेको थियो। 

images
images

पछिल्लोपटक २०१६ मा चीनको निर्यात व्यापार ७.७ प्रतिशतले घटेको थियो। उक्त समयमा पनि विश्वभर माग कम हुँदा चीनको निर्यात घटेको थियो। 

images
images

त्यस्तै चीनको आयात व्यापार पनि २०२३ मा ५.५ प्रतिशतले घटेको हो। गत वर्ष चीनले २५ खर्ब ६० अर्ब डलर बराबरको आयात गरेको थियो। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको २०२३ को आयात निर्यात व्यापार ८ खर्ब २३ अर्ब डलर बचतमा रहेको छ। 

विगत केही वर्षयता विश्व अर्थतन्त्रको सुधार धिमा गतीमा भएकाले चिनियाँ सामानको मागमा त्यसको प्रभाव परेको चीनको भन्सार प्रशासनका प्रवक्ता ल्यु डालियाङले बताएका हुन्। २०२४ मा पनि निर्यात व्यापारसमेत कठीनाइपूर्ण अवस्थाबाट गुज्रने उनको भनाइ छ। 


प्रकाशित : शुक्रबार, पुस २७ २०८०११:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend