बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

पछिल्लो दुई महिनामा आयातभन्दा रेमिट्यान्स बढी

images
बिहीबार , पुस २६ २०८०
images
पछिल्लो दुई महिनामा आयातभन्दा रेमिट्यान्स बढी
images
images

काठमाडौं- चालु आर्थिक वर्षको कात्तिक र मंसिर महिनामा आयातभन्दा बढी रेमिट्यान्स भित्रिएको छ। कात्तिकमा १ खर्ब १२ अर्ब रेमिट्यान्स भित्रिएकोमा वस्तु आयात १ खर्ब ४ अर्ब रुपैयाँको मात्रै भएको छ। यस्तै मंसिरमा १ खर्ब ३५ रेमिट्यान्स भित्रिएकोमा वस्तु आयात १ खर्ब २९ अर्ब रुपैयाँ भएको छ। 

images
images
images

चालु आर्थिक वर्ष आन्तरिक अर्थतन्त्रमा आएको संकुचनका कारण आयात निरन्तररुपमा घटिरहेको छ। मंसिर महिनामा गत आर्थिक वर्षको तुलनामा आयात ३.३९ प्रतिशतले घटेर ६ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

images
images

यस्तै यस अवधिमा विप्रेषण आप्रवाह २७ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ भित्रिएको छ। साउन १ खर्ब १६ अर्ब रुपैयाँ, भदौमा १ खर्ब १२ अर्ब ४० करोड रुपैयाँ र असोजमा १ खर्ब ३७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

images
images


प्रकाशित : बिहीबार , पुस २६ २०८०१७:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend